Lite Nepal

सोमबार, भाद्र ०८, २०७७

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् ।

कोरोना संक्रमित र अन्य बिरामीहरुको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठानले स्वास्थ्य सामग्रीबिना डिउटीमा खटिन बाध्य पारेको भन्दै सोमबारदेखि आन्दोलित भएका हुन्।

प्रतिष्ठान भर्ना भएका बिरामीको उपचारमा खटिँदा स्वास्थ्य प्रोटोकल अनुसारका स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नर्सहरुको सुरक्षामा चासो नदेखाएका कारण बाध्य भएर आन्दोलित हुनु परेको प्रतिष्ठानको आइसीयू विभागमा कार्यरत त्रिवेणी ढकालले गुनासो गरिन् ।

फ्रन्ट लाइनमा बिरामीको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले पीपीइ, पन्जा र माक्स समेत नदिएको उनको गुनासो छ ।

सोमबार मात्रै प्रतिष्ठानको आइसीयूमा उपचाररत आठजना बिरामीको कोरोना पुष्टि भएको छ ।

कोरोना पोजिटिभ देखिएका बिरामीको उपचारमा संलग्न नर्सलाई क्वारेन्टाइनमा नपठाइ सिधै डीउटीमै खटाएपछि नर्सहरु आन्दोलित भएका हुन् ।

संक्रमितको कन्ट्रयाकमा रहेकाहरुको पीसीआर चेक गरी तत्काल क्वारेन्टाइन पठाउनुपर्ने भएपनि प्रतिष्ठानले डिउटीमा नै खटाएपछि अन्य बिरामी र आफ्नो सुरक्षाका लागि आन्दोलित हुनु परेको अर्की नर्स स्मेरिका घिमिरेले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं