Lite Nepal

शुक्रबार, साउन २३, २०७७

दमक । जंगली हात्तीको आक्रमणबाट कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीमा एक व्यक्तिको मृत्यु भएको छ ।

शुक्रबार बिहान ४ बजेतिर हात्तीको आक्रमणमा परी नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले रेग्मीलाई कुल्चिएर मारेको हो ।

हात्तीले उनको टिनको छाना र बाँसको टाटीबेरा भएको घरसमेत भत्काएको छ । हात्तीको आक्रमणमा परेका रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा