Lite Nepal

शनिबार, साउन २४, २०७७

विराटनगर । प्रदेश १ का दुई फरक फरक पीसीआर परिक्षण केन्द्रमा गरिएको एकै व्यक्तिको स्वाव परीक्षण रिपोर्ट फरक फरक आएको छ ।

विराटनगर १ का ६३ वर्षिय रमेश अग्रवाललाई विहीबार स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कोशी अस्पताल पु¥याए । अग्रवाल मृगौला रोगी पनि थिए, ज्वरो र स्वासप्रस्वासमा केही समस्या आएपछि स्वास्थ्यकर्मीले कोरोना आशंकामा उनको फिवर क्लिनिकबाट स्वाव संकलन गरेर केह औषधीको साथमा घर पठाए ।

स्वाव दिएका अग्रवालको पीसीआर रिपोर्ट नआउँदै शुक्रबार स्वास्थ्यमा थप समस्या देखिएपछि परिवारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याए । धरानमा इमरजेन्सीमा भर्ना गरी प्रतिष्ठानले कोरोना जाँच गर्न पुःन स्वाब संकलन गर्याे । त्यस समय सम्म उनको विराटनगरबाट रिपोर्ट आएको थिएन । उपचारकै क्रममा उनको शनिबार धरानमा मृत्यू भयो ।

रमेशको मृत्यूपछि विराटनगर र धरान दुबै तर्फबाट पीसीआर रिपोर्ट त आयो तर, फरक फरक । विराटनगरमा लिएको स्वावको रिपोर्ट पोजेटिभ आउँदा धरानमा लिएको स्वावको रिपोर्ट भने नेगेटिभ आएको छ । धरानमा प्रतिष्ठानले संकलन गरेको स्वावको नेगेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानले रमेशको शव आफन्तको जिम्मा लगाइदियो र उनको अन्तेष्टि पनि शनिबारनै आफन्तले गरिसकेका छन् ।

फरक फरक रिपोर्ट आएपछि केही समय अन्तेष्टि र शब बुभ्mने क्रममा विवाद भए पनि विराटनगर महानगरले थोरै मलामी उपस्थित गराउने सर्तमा आफन्तलाई अन्तेष्टि गर्न दिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

‘एउटै व्यक्तीको २४ घण्टा नबित्दै परीक्षण गर्दा फरक रिपोर्ट आएपछि शव नेपाली सेनाले अन्तेष्ठी गर्नेकी भन्ने पनि थियो, अन्त्यमा थोरै मलामी सहभागी हुने भनेपछि र दोस्रो रिपोर्ट नेगेटिभ आएकाले शव आफन्तलाई दिएको हो,’ कार्कीले भने ।

मृतकको रिपोर्ट फरक आएपनि मृतकका आफन्तको पीसीआर जाँच गर्ने महानगरले तयारी गरेको छ । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले कहिले काही पीसीआरमा यस्तो समस्या आउने भन्दै यसलाई सामान्य रुपमा लिए । ‘२५ प्रतिशतमा नदेखिने समस्या पनि आउन सक्छ, हामी परिवारको पनि परीक्षण गछौँ,’ उनले भने ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका सूचना अधिकारी प्रकाश कार्कीले स्वाब संकलनमा ध्यान नदिए रिपोर्ट फरक आउन सक्ने बताए । ‘स्वाव संकलन राम्ररी नभए यस्तो रिजल्ट आउने समस्या हुन्छ,’ उनले भने ‘यस विषयमा अध्यायन गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा