Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

काठमाडौँ । विश्वभर कोरोनाभाइरसले कहाली लाग्दो अवस्था निम्त्याएको छ। चीनको वुहान शहरबाट फैलिन शुरु भएको यस भाइरसले सारा संसारलाई थिलथिलो बनाएको छ।

विश्वका धनाड्य देशहरुले पनि यस भाइरसको अगाडि घुँडा टेकिसकेको अवस्था छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसले हालसम्म विश्वका २ सय १३ देशहरुलाई प्रत्यक्ष प्रभावित गरिसकेको छ।

जोन हप्किन्स विश्वविद्यालयकाअनुसार शुक्रबार बिहानसम्म विश्वभर २ करोड ८४ लाख ३ सय ८१ जना मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् भने मृत्यु हुने संख्या ७ लाख ५४ हजार ५ सय ६६ पुगेको छ। यसैबीच, वैज्ञानिकहरूले माउथवाशले कोरोना जोखिम कमगर्ने दावी गरेका छन्।

वैज्ञानिकहरुका अनुसार बजारमा पाइने केहि माउथवाशले केहि हदसम्म कोरोनाको जोखिम कम गर्ने बताएका छन्। उनीहरुले माउथवासले कुल्ला गर्दा गलामा भएका भाइरस पनि कम हुने दाबी गरेका छन्। रुहर–युनिभर्सिटी र बोचमका भाइरोलोजिष्टहरूले आफ्नो साथीहरुसँग गरेको संयुक्त अध्ययनमा सो पत्ता लगाएका हुन्।

केही कोरोना बिरामीमा भाइरसको भारी मात्रा मुख र गलामा पाइने भएका कारण प्रभावकारी माउथवाशको प्रयोगगर्दा भाइरल भार कम गर्न र सम्भावित छोटो अवधिमा कोरोनाभाइरस प्रसारणको जोखिम कम गर्न मद्दत पु¥याउँने वैज्ञानिकहरूले बताएका छन्।

यसैगरी, यो दन्त उपचार गर्दा पनि उपयोगी हुने उनीहरुको भनाइ छ। माउथवाशले कोरोनाको जोखिम सीमित समयको लागि रोक्न सकिन्छ। यद्यपि, वैज्ञानिकहरूले माउथवाश कोरोनाको लागि निश्चित उपचार भने होइने र यसले भाइरसलाई पूर्ण रूपमा हटाउन कुनै भूमिका नखेल्ने चेतावनी दिएका छन्।

यसैगरी, भाइरस संक्रमित व्यक्तिको ड्रपलेट्स वा थोपाबाट स्वास्थ्यकर व्यक्तिको मुख, नाक र आँखासम्म पुग्छन्। यस्तो अवस्थामा माउथवाशबाट तुरुन्त कुल्ला गर्दा भाइरसको मात्रा शरीरबाट केही कम हुने वैज्ञानिकहरुले बताएका छन्। यद्यपि, यसको थप अध्ययन र अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा