Lite Nepal

बुधबार, भाद्र १७, २०७७

काठमाडाैं । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड ‘घुस बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर बोलाएको छ ।

बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै अख्तियारले कमिसनको मोलमोलाईबारे केही बुझ्नुपर्ने भएकाले उपस्थित हुन सूचना जारी गरेको छ ।

मिश्रले उपस्थित नभए कानून बमोजिम भइजाने सूचनामा उल्लेख छ ।

अख्तियारले पूर्व मन्त्री बास्कोटा संलग्न घुसकाण्डमा छानबिन गरिरहेको छ ।

खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि विवादमा आएका बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मन्त्री बास्कोटाले आफू कमिसनमा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा