Lite Nepal

बुधबार, भाद्र १७, २०७७

काठमाडाैं । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड ‘घुस बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर बोलाएको छ ।

बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै अख्तियारले कमिसनको मोलमोलाईबारे केही बुझ्नुपर्ने भएकाले उपस्थित हुन सूचना जारी गरेको छ ।

मिश्रले उपस्थित नभए कानून बमोजिम भइजाने सूचनामा उल्लेख छ ।

अख्तियारले पूर्व मन्त्री बास्कोटा संलग्न घुसकाण्डमा छानबिन गरिरहेको छ ।

खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि विवादमा आएका बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मन्त्री बास्कोटाले आफू कमिसनमा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं