Lite Nepal

आइतबार, भाद्र २१, २०७७

धरान । धरानमा एक दुई वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ सेनाका जवान, २ वर्षीया एक सेनाकी छोरी, इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवाहरुलाई कोरोना पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनीहरु सबैलाई कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिदा समेत नियन्त्रणमा ध्यान नपुर्‍याउँदा सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबीमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ ।

धरानमा मात्र संक्रमितको संख्या २ सय ७५ गेको छ ।

लकडाउनको पालना नगर्दा सर्वसाधारणहरु जथाभावी हिँडडुल गर्न थालेपछि दैनिक कोरोना संक्रमण बढिरहेको धरान १८ का वडाअध्यक्ष प्रविण राईले बताएका छन् ।

स्थानीय सरकारले लगाएको लकडाउन हटाएसँगै सुनसरीका दक्षिणी क्षेत्रबाट भारतीय कामदारहरु नेपाल भित्रन थालेका छन् ।

भारतबाट आएका कामदार र संक्रमितको कन्ट्रयाक ट्रेसिङमा जोड नदिदा धरानमा दैनिक संक्रमण फैलिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं