Lite Nepal

आइतबार, भाद्र २८, २०७७

विराटनगर । मोटरसाइकलको ठक्करबाट विराटनगरमा एक महिलाको मृत्यू भएको छ ।

शनिबार को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाईते भएकी विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुरको आईतबार मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार ठाकुरलाई विराटनगर–१० शान्ति चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको उपचारका क्रममा न्युरो अस्पतालमा आइतबार बिहान ६ बजे मृत्यु भएको पोदारले जानकारी दिए ।

मोटरसाइकल चालक विराटनगर–८ का १९ वर्षीय जीयालाल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा