Lite Nepal

आइतबार, भाद्र २८, २०७७

विराटनगर । मोटरसाइकलको ठक्करबाट विराटनगरमा एक महिलाको मृत्यू भएको छ ।

शनिबार को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाईते भएकी विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुरको आईतबार मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार ठाकुरलाई विराटनगर–१० शान्ति चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको उपचारका क्रममा न्युरो अस्पतालमा आइतबार बिहान ६ बजे मृत्यु भएको पोदारले जानकारी दिए ।

मोटरसाइकल चालक विराटनगर–८ का १९ वर्षीय जीयालाल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं