Lite Nepal

सोमबार, कार्तिक १०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् ।

सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

‘यसपाली बडादसैँलाई कोभिड– १९ का कारण पारिवारिक रुपमामात्रै बनाउन प्रधानमन्त्रीले देशवासीको नाममा संबोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ’ थापाले भने ‘उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम नराख्नसमेत निर्देशन दिनुभएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा