Lite Nepal

बुधबार, कार्तिक १२, २०७७

काठमार्डौ । दशैँका कारण परीक्षण कम हुँदा नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी देखिएको छ । एक महिना यता औषतमा १८ हजार हाराहारी परीक्षण हुँदै आएकोमा मंगलबार २ हजार ७२५ मात्रै पीसीआर परीक्षण हुँदा ५७० संक्रमित थपिए ।

सोमबार पनि ५ हजार ६ वटा नमूनाको मात्रै पीसीआर परीक्षण हुँदा १ हजार ७४१ संक्रमित भए । अर्थात् कात्तिक ८ मा महाअष्ठमी सुरू भए यताका ४ दिनमा जम्मा ३३ हजार ९०४ वटा नमूनाको मात्रै परीक्षण भएको छ । ४ दिनमा भएको उक्त परीक्षणमा ७ हजार ३९२ संक्रमित थपिएका छन् ।

 ४ दिनको परीक्षण विवरण यस्तो छ

कात्तिक ८, १३८४६ पीसीआर परीक्षण २२२५ संक्रमित

कात्तिक ९,१२३११ पीसीआर परीक्षण २८५६ संक्रमित

कात्तिक १०, ५००६ पीसीआर परीक्षण १७४१ संक्रमित

कात्तिक ११, २७२५ पीसीआर परीक्षण ५७० संक्रमित

७४ प्रतिशत निको

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार अपराह्नसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा मात्रै तीन हजार १६८ जना कोरोनामुक्त भएका छन्।

नेपालमा मंगलबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ।

४० हजार ६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८१ जनाको आईसीयूमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३२ हजार चार सय ६४ संक्रमित होम आइसोलेसनमा छन्।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् । मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

मंगलबारसम्मको विवरणअनुसार नेपालमा ८७६ संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा