काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो । अर्थमन्त्री वाग्लेको जवाफपछि थप स्पष्टीकरण माग गर्न सभामुख […]
नयाँदिल्ली । घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो । भारतीय सरकारले बुधबार राति जारी गरेको आदेशअनुसार यो प्रतिबन्ध ‘तत्काल प्रभाव’ बाट लागू भएको छ । आदेशमा सीमित […]
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको […]
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । […]
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
पाँचथर । पाँचथरको यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारेर चिरिच्याट्ट छ । सर्वसाधारणहरू साना ठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बुधबारदेखि त्रिसाली […]
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीका नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण परियोजनाको काम निरन्तर अघि बढ्ने वातावरण मिलाई सहजिकरण गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । नगरप्रमुख आमिर मादेनले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई सोमबार पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् । बैशाख १६ गते बसेको ८७औं कार्यपालिका बैठकले समेत यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने निर्णय […]
काठमाडौं । वर्षैभरि प्राय: सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यति बेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरू खुसी भएका छन् । लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा […]