छ महानगरको बजेट ४३ अर्ब, प्राथमिकताका सूची पुरानै

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस गरेका हुन् । छवटा महानगरमध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले सबभन्दा ठूलो बजेट पेस गरेको छ । काठमाडौँ महानगरले […]

विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड, सन्ध्याकालीन आरती निर्माणका लागि २ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ को एकमात्र महानगरपालिकाको यो बजेटले प्रदेश राजधानीको अवस्थालाई झल्काएको छ । कार्याालय संचालन तथा प्रशासनिक खर्चमा ४६ करोड ७० लाख ५२ हजार ९२५ तथा पुँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ […]

११ महिनामा साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अन्तराष्ट्रिय व्यापारको तथ्याङ्कमा यस्तो विवरण सार्वजनिक भएको हो । यस वर्षको चामल आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ७ अर्ब ४० करोडले बढी हो । गत वर्ष जेठसम्म […]

स्थानीय सरकारको बजेट आज आउँदै

काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज पेस गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी […]

आजबाट रोकियो सहुलियतको खाद्यान्न बिक्री वितरण

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्तालाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले […]

घटेको हो खाने तेलको मुल्य ?

काठमाडौं । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो । विभागले विभागका महानिर्देशक […]

कोरोना महामारीले रोकेन विकास, संखुवासभामा चट्टान फुटाउँदै सेना

विराटनगर । कोरोना महामारीका कारण निषेधाज्ञाले देशनै ठप्प बने पनि सरकारले गौरवका आयोजनाको कामलाई रोकेको छैन। यस्तै महत्वपूर्ण आयोजनामध्येको हो प्रदेश १ मा रहेको उत्तर–दक्षिण ‘लाइफलाइन’ (जोगवनी–किमाथाङ्का) सडक खण्ड। अहिले यसको सजिलो भाग मात्रै होइन, सबैभन्दा कठिन भागको पनि काम भइरहेको छ। उत्तर–दक्षिण क्षेत्र जोड्ने ‘लाइफलाइन’ जोगवनी–किमाथाङ्का सडकको लम्बाइ ३ सय ९३ किलोमिटर हो। अहिले […]

लागूऔषध ओसार्ने ३ भारतीय नागरिकसहित ६ जना प्रहरी फन्दामा

विराटनगर । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सुनसरी देवानगञ्ज- १ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका- १ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका- १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सुर्य राई रहेका छन् । […]

एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगियो

काठमाडौँ । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष […]

सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा अक्सिजन प्लान्ट तातोपानीमै रोकिए

काठमाडौ । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भासिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ । कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं