पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्छ : योगेश भट्टराई

विराटनगर । एमाले उपमहासचिव योगेश भट्टराईले फेसबुक मार्फत पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् । ‘पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरु दु:ख साट्ने, सुख बाड्ने, प्रेमिल अनि भरोसा र विश्वासको केन्द्र बन्नुपर्दछ,’ भट्टराईले लेखेका छन्, ‘जहाँ पारिवारिक र कमरेडली बातावरणमा छलफ हुन सकोस् । नत्र दु:ख पर्दा जाने कहाँ ?’ […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका नियमित एजेन्डा, सरकारका दैनिक कार्यसञ्चालन र अन्य समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

तराईमा गृहमन्त्रीद्वारा कुनै विशेष वा ठोस सम्झौता भएको छैन : सरकार

विराटनगर । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा गृहमन्त्रीद्वारा कुनै विशेष वा ठोस सम्झौता नभएको स्पष्ट पारेको छ । मंगलवार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको भ्रमण र विभिन्न पक्षसँग भएका भनिएका सहमतिबारे सरकारको धारणा सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलले गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग भेटघाट […]

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरू

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र तुल्याएका छन् । सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सत्ता साझेदारीका लागि सहमति भइसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ । सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल भइरहेको एमाले संसदीय […]

कोशीका मुख्यमन्त्री विरुद्ध एमालेमै हस्ताक्षर अभियान, पार्टी भित्र खैलाबैला

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीका विरुद्ध एमालेकै सांसदहरूले हस्ताक्षर अभियान तीव्र बनाएका छन्। पार्टी प्रदेश इन्चार्ज शेरधन राईको निर्देशनमा हस्ताक्षर अभियान चलाइएपछि कोशी एमालेभित्र तीव्र असन्तुष्टि र विवाद चर्किएको छ। विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सोमबार बसेको प्रदेश पदाधिकारी र संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग […]

मधेसमा सामान्य विवादमा पनि किन चल्छ गोली?

विराटनगर ।सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबिचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका रवीन्द्र कुमार मेहताको मृत्यु भएपछि संसद्मा सरकारको तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू डा. अमरेश कुमार सिंह र शिव यादवले मधेसमा हुने सामान्य विवादमा पनि सिधै गोली ठोक्ने प्रहरी प्रवृत्तिको  भर्त्सना गरेका छन्। डा. अमरेश कुमार सिंह […]

प्रधानमन्त्री शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा सुदूरपश्चिम प्रदेशको विकास, बजेट कार्यान्वयन तथा विद्यमान राजनीतिक अवस्थाका विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहसँगको भेटवार्तामा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरि मोहन भण्डारी, […]

कोशी सरकार फेरबदलको बहस : केन्द्रको समीकरण, एमालेभित्रको किचलो

विराटनगर । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रत्यक्ष प्रदेश सरकारहरूमा देखिएको छ । कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ, भने बागमती र सुदूरपश्चिममा पनि नयाँ समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढिरहेको छ । तर, केन्द्रको राजनीतिक परिवर्तनको सबैभन्दा जटिल प्रभाव भने अहिले कोशी प्रदेशमा देखिएको छ । कोशी प्रदेशमा सरकार परिवर्तनको चर्चा तीव्र बने पनि […]

प्रतिनिधि सभाको बैठक बस्दै, आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरिने

विराटनगर । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१-८२ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता […]

मार्ग प्रशस्त गर्न भनिएको छैन, सरकार बलियो छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई मुख्यमन्त्री पदबाट मार्ग प्रशस्त (राजीनामा) गर्न पार्टी नेतृत्वले निर्देशन दिएको भन्ने चर्चा निराधार रहेको बताएका छन्। पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले बैठकमा राजीनामाको विषयमा कुनै छलफल नभएको बताए । उनले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विधि र प्रक्रियाबारे मात्रै छलफल भएको बताए। ‘इन्चार्जले मलाई मार्ग […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं