काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। थापाले सोमबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसैबीच, वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ता गर्नबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको छ।
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भोटेकोशी–त्रिशूली विपदमा बेपत्ता भएकाहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ताका लागि कानुन संशोधनको तयारी भइरहेको बताएकी छन्। मंगलबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री गौतमले मृत्यु घोषणा र दर्ताका लागि प्रचलित कानुन संशोधन गर्नुपर्ने अवस्था रहेको बताएकी हुन् […]
काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रको थप छलफल बुधबार पुनः हुने भएको छ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज […]
काठमाडौं । नेकपा (एमाले)ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा मात्र व्याख्या गर्न नमिल्ने निष्कर्षसहित अन्तरपार्टी निर्देशन (अपानि)जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा निर्वाचन परिणामलाई पार्टीको आन्तरिक कमजोरीसँगै तत्कालीन राजनीतिक परिस्थिति, मतदाताको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल माध्यमको प्रभाव र संगठनात्मक अवस्थाको समग्रतामा […]
विराटनगर । त्रियुगा नगरपालिका–२ बबियारमोथ्याहीमा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीयले बाढी, नदी कटान, तटबन्ध, पुल निर्माणको ढिलासुस्ती, नदीजन्य पदार्थमा अव्यावहारिक कर, वन संरक्षण, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या उठाएका छन्। संसदीय पत्रकार मञ्च, कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा स्थानीयले लोहाले, बबिया, कंक, बैरागी, भेडुवा र सुकनाईरखहरे खोलाका कारण बर्सेनि हुने कटान तथा डुबानले खेतीयोग्य जमिन […]
रौतहट । घुस मागेको आरोपमा मुजफ्फरपुर प्रहरीले एक प्रहरी (अवर निरीक्षक) इन्स्पेक्टरलाई निलम्बन गरेको छ । हथौडी थाना काण्डका अनुसन्धान अधिकृत इन्स्पेक्टर रामप्रवेश प्रसादलाई घुस मागेको आरोपमा तत्काल लागू हुनेगरी निलम्बन गरिएको हो । हथौडी थानाध्यक्षले वरिष्ठ प्रहरी अधिकारीसमक्ष बुझाएको प्रतिवेदनमा थाना काण्डका एक आरोपितसँग अनुसन्धान अधिकृत प्रसादले घुस मागेको उल्लेख गरिएको थियो । उक्त […]
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायसम्म पुर्याउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका हुन्। ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी […]
काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ। प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बिहान ११:१५ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी र उनीहरूले पेस गरेका कार्य योजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ। समितिका अनुसार प्रस्तावित १३ राजदूतविरुद्ध कुल ७ वटा उजुरी परेका छन्। जसमध्ये दुई वटा […]
काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औं केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले ७ हजार ११४ जना मतदाताको नामावली सार्वजनिक गरेको हो । कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम १६ देखि २२ गतेसम्म सम्पन्न हुने १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि नामावली सार्वजनिक गरिएको […]
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ । कांग्रेसको विधान, निर्वाचन निर्देशिका २०८३ तथा […]