डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार आइतबार प्रतिनिधि सभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा […]

आजदेखि मतदाता नामावली संकलन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मंसिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो । स्थगित उक्त कार्यक्रम […]

संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । […]

आजदेखि संसद् अधिवेशन, ३ अध्यादेश पेस हुँदै

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २:०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका […]

संसद् अधिवेशनअघि सर्वदलीय बैठक बस्दै

काठमाडौं । संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ । संसदमा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १ः०० बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ः०० […]

सीमा सुरक्षा सुदृढीकरण र विपद् तयारीबारे गृहमन्त्री गुरुङद्वारा एपीएफ नेतृत्वसँग छलफल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्याल सहितको टोलीसँग सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका छन्। गृहमन्त्रीको सचिवालयका अनुसार उक्त भेटवार्तामा सीमा क्षेत्रको सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउन गस्ती गतिविधि सुदृढ गर्ने विषयमा निर्देशन दिइएको छ। सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणमा कडाइ आवश्यक रहेको उनले औँल्याएका छन्। बैठकमा प्राकृतिक […]

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न प्रदेशका जनप्रतिनिधिसँग गरिँदै आएको छलफल श्रृंखलालाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्रीले यसअघि कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद गरिसकेका थिए। सोही क्रमलाई अघि बढाउँदै मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिएको हो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री […]

५ जना सांसदलाई एकसाथ सम्मान गर्दै ताप्लेजुङ सरोकार केन्द्र 

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले ५ जना प्रतिनिधिसभा सदस्यलाई सम्मान गर्ने भएको छ ।  ताप्लेजुङमा जन्मिएका र पुर्ख्यौली घर भएका गत फागुन २१ मा सम्पन्न निर्वाचनमा विजयी र समानुपातिक पाँच जना सांसदलाई सम्मान गर्ने निर्णय भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । सम्मानित हुने सांसदहरूमा क्षितिज थेबे, यज्ञमणि न्यौपाने, गीता लिङदेन, […]

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय कार्यसूचीमा स्वास्थ्य क्षेत्रको सुधारका लागि ६ वट बुँदा समेटिएकोे छ । जसमा डिजिल प्रणाली चुस्त बनाउने सरकारको प्राथमिकतामा रहेको छ । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीले अस्पताल सेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी–सरकारी दुवै क्षेत्रमा सामाजिक उत्तरदायित्व […]

धम्की आएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पाङले टिकटकमा सुनिता खड्का नामक प्रयोगकर्ताबाट धम्की आएको दाबी गर्दै उनलाई पक्राउ गरी कानुनी कारबाही गर्न र आफ्ना परिवार तथा घरको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। उजुरीमा साम्पाङले भिडिओ र […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं