पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्ड सञ्चालन

काठमाडौं – पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुवैतर्फीरुपमा यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । यस्तै, हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन । […]

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव

काठमाडौं – हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी […]

मन्त्री प्रेम आले पुनः विवादमा, यस्ता शब्द प्रयोग गरी गरे गाली (अडियोसहित)

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिनुभएको छ । अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुव्यर्वहार गरेका सुनिने अडियो सार्वजनिक भएसँगै उहाँको आलोचना भएको छ । यसअघि पनि उहाँले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो […]

ताप्लेजुङका पहिरोपीडितलाई उद्धार गरी राहत दिन योगेश भट्टराईद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय माग गर्दै उहाँले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र विष्णु […]

रवि लामिछानेले छाडे ग्यालेक्सी टिभी, अब के गर्लान् ?

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए । लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर […]

प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान

विराटनगर – प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिनुभएको छ । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खोल्ने प्रयास भएको बजेटमा प्रदेशले अवलम्बन गरेको स्वच्छ, […]

विपद्को पूर्वतयारी नहुँदा होक्लावाडीवासी चिन्तित

झापा – विपद्को पूर्वतयारी नहुँदा मनसुन सुरु भएसँगै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबाडी बस्तीका बासिन्दामा चिन्ता थपिन सुरु भएको छ । गत कात्तिकमा आएको बेमौसमी वर्षाका कारण कनकई नदीको बाँध फुटेर सो क्षेत्र टप्पुमा परिणत भएको छ । बस्तीको वरिपरि रहेका खोलामा बर्सातसँगै पानीको बहाव बढ्न थालेपछि उनीहरुलाई अब कसरी जीउधन बचाउने भन्ने चिन्ताले पिरोल्ने गरेको स्थानीयवासीको […]

सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी २४ दिनदेखि बेपत्ता

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन छन्। गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहका अनुसार जेठ […]

साल्ट ट्रेडिङले भन्यो, ‘डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ’

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो-बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले २० हजार मेट्रिक टन […]

एमाले सचिवालय बैठक : निर्वाचन परिणामको समीक्षासहित आगामी कार्यभारमा केन्द्रित हुने

काठमाडौं – नेकपा (एमाले) को सचिवालयको नवौँ बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको बैठकबारे जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं