काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधन विश्वभरका नेताहरूका भाषणमध्ये सर्वाधिक हेरिएको भिडियो बनेको छ। संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युव च्यानलमा राखिएको बालेनको सम्बोधन ट्रेन्डिङमा पहिलो स्थानमा रहेको छ। पछिल्लो विवरणअनुसार उक्त भिडियो ७ लाखभन्दा बढी पटक हेरिएको हो। यसअघि सार्वजनिक विवरणमा पनि उनको सम्बोधन अन्य विश्व नेताका भाषणभन्दा अगाडि […]
काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपा सांसद भरत गिरीले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाए। उनले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई कानुनी प्रक्रिया मिचेर गिरफ्तार गरिएको भन्दै यसले मुलुकमा विधिको […]
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘महिला […]
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ। जबरालाई प्रहरीले गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरी टेकुस्थित कार्यालयमा राखेको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सुरक्षा थ्रेटपछि जबरालाई कार्यालयमा ल्याइएको हो। तर, उनलाई कुन कसुरमा र कुन कानुनी आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले […]
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ । उनीविरुद्धको कसुर भने खुलाइएको छैन । तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । नेपालको […]
विराटनगर । नेपाली कांग्रेसको असन्तुष्ट समूहले संस्थापन पक्षसँग सहमति जुट्न नसकेको भन्दै छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने भएको छ। शशांक कोइरालाको नेतृत्वमा चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै समूहले असोज १५ देखि वडा अधिवेशन र मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। नेता प्रकाशशरण महतले एकताको महाधिवेशनका लागि गरिएको संवाद सफल नभएपछि वैकल्पिक रूपमा अधिवेशनको तयारी थालिएको […]
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका […]
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशनका लागि तयार पार्दै गरेको निर्वाचन निर्देशिकामा पार्टीका सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुषलाई अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था प्रस्ताव गरेको छ। निर्देशिकाअनुसार केन्द्रदेखि वडासम्म निर्वाचित हुने कार्यसमितिमा एक जना महिला र एक जना पुरुष गरी दुई जना नवयुवाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ। […]
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरु गरेको जनाएको छ। संघीयतामा देखिएका चुनौती, प्रदेशले भोग्दै आएका समस्या तथा संघीयता सुदृढीकरणका लागि अपनाउनुपर्ने उपायबारे सम्मेलनमा छलफल हुने बताइएको […]
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–६ मा भइरहेको वडा अधिवेशनका क्रममा दुई पक्षबीच विवाद भएपछि केही समय मतदान प्रभावित भएको छ। भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान चलिरहेका बेला विवाद बढ्दै गएपछि सहभागीहरूबीच हात हालाहाल भएको थियो। त्यसक्रममा प्रहरीले मुस्लिम कोटातर्फ क्षेत्रीय प्रतिनिधिका उम्मेदवार रहेका विराटनगर–६ निवासी इरसाद अहमदलाई केही समय नियन्त्रणमा लिएको […]