संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि […]

रास्वपाद्वारा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई राष्ट्रसंघ महासभाको तयारी गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाका लागि आवश्यक तयारी गर्न नीतिगत निर्देशन दिएको छ । प्रवक्ता जगदीश खरेलले सार्वजनिक गरेको आइतबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयमध्ये उक्त विषय दोस्रो नम्बर बुँदामा उल्लेख छ । ‘संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय […]

एमाले कार्यदलको एकीकृत प्रतिवेदन तयार, अध्यक्षको राजीनामा माग्ने विषय नउठाउने

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले एकीकृत प्रतिवेदन तयार गरेको छ। सचिव महेश बस्नेतका अनुसार अब अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा आलोचना गर्ने विषय नउठाउने सहमति भएको छ। कार्यदलले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलका प्रतिवेदन तथा १३ समूहबाट आएका सुझाव समेटेर प्रतिवेदन तयार गरेको हो। प्रतिवेदन सचिवालय हुँदै भोलिदेखि सुरु हुने […]

जेनजी आन्दोलनका घाइतेलाई अब निःशुल्क कानुनी सहायता

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ। त्यसका लागि निःशुल्क कानुनी सहायता सम्बन्धी ऐन संशोधन गर्न विधेयक ल्याइएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा जेनजी आन्दोलनलगायत विभिन्न जनआन्दोलनका क्रममा घाइते, अपांग वा अशक्त भएका व्यक्तिलाई निःशुल्क कानुनी सहायता दिने व्यवस्था गरिएको छ। प्रस्तावित […]

मधेसलाई जात, धर्म वा भूगोलका नाममा द्वन्द्वको मैदान बनाउन हुँदैन : सिंह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मधेसलाई कुनै पनि बहानामा विभाजन गरेर द्वन्द्वतर्फ लैजान नहुने बताएका हुन्। उनले मधेस रास्वपाको राजनीतिक आधार क्षेत्र रहेको उल्लेख गर्दै अबको राजनीति समाजलाई जोड्ने, राष्ट्रिय […]

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसबाट भइरहेको प्रभावलाई ध्यानमा राख्दै वर्तमान आवश्यकताअनुसार शाखा स्थापना गर्ने निर्णय गरिएको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)  का आधारमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत संघसंस्था […]

राजनीतिक विश्लेषक भरत दाहाल सलकपुरबाट पक्राउ

विराटनगर । राजनीति विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन्। मोरङको बेलबारी स्थित प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो। राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाल सुन्दरहरैचा-८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन्। उनलाई अहिले विराटनगर ल्याइएकाे छ । प्रहरीका अनुसार उनलाई आजै काठमाडौँ लगिनेछ । ​उनले […]

एमाले पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ । कार्यदल र सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्नेछ । कार्यदलले […]

कांग्रेसको वडा अधिवेशन सुरु, सभापति थापाले गरे मनोनयन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। देशभर आज र भोलि वडा अधिवेशन हुँदैछ। पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको काठमाडौँ महानगरपालिका–३० नम्बर वडामा अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गरेका छन्। सोही क्रममा उनले वडा अधिवेशनका लागि आफ्नो मनोनयनसमेत दर्ता गराएका छन्। वडा अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा […]

सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाअनुसार सुशासन, विकास, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान राम्रो भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसके कागजमै सीमित हुने बताए। उनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य सरकारको प्रमुख […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं