राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन्। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सभापति लामिछाने शनिवार चितवन पुगेका हुन् । महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ। लामिछानेले आजै वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक चितवनमै राखेका छन्। बैठकमा महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधनलगायतको विषयमा छलफल हुने […]

रविविरुद्धको संगठित अपराधको अभियोग काठमाडौं जिल्ला अदालतबाट पनि फिर्ता

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ । शुक्रबार न्यायाधीश आत्मदेव जोशीको इजलासले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले दायर गरेको अभियोगपत्र संशोधनसम्बन्धी निवेदन स्वीकार गर्दै सहकारी ठगीसम्बन्धी अभियोग यथावत् राख्ने तर संगठित अपराधतर्फको अभियोग कायम नरहने आदेश दिएको हो । अदालतले मुलुकी […]

प्रधानमन्त्रीले रास्वपाको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहभागी हुने भएका छन्। चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा असार ७ गते हुने उद्घाटन समारोहलाई उनीसहित सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो । उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले पनि शुभकामना मन्तव्य दिने […]

मध्यरातमा कोशीका आन्तरिक मामिला मन्त्रीको निवासमा किन पुग्याे प्रहरी ?

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राति प्रहरी पुगेको घटनाले राजनीतिक तथा सार्वजनिक वृत्तमा चर्चा पाएको छ। प्रदेश सभाको बैठकमा समेत यो विषय उठाइएको छ। प्रहरी स्रोतका अनुसार राति करिब ११ बजे विराटनगर–३ मा रहेको मन्त्रीको सरकारी निवास क्षेत्रमा प्रहरी टोली पुगेको थियो। घटनाका बेला मन्त्री पराजुली […]

प्रधानमन्त्रीले डाके ४:३० बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रास्वपाको महाधिवेशनमा नजाने हर्क साम्पाङको घोषणा, कारण के छ ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नजाने घोषणा गरेका छन् । रास्वपाले महाधिवेशनमा सहभागीका लागि पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन् । साम्पाङले रास्वपा नेता समेत रहेका प्रधानमन्त्री बालेन साहले सीमाबारे बोलेकोप्रति रास्वपाको धारणा नआएको भन्दै महाधिवेशनमा हुन अस्वीकार गरेका […]

निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको जवाफ– गुपचुप गर्नुपर्ने अवस्था छ

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बताएका छन् । बिहीबार आगामी आर्थिक वर्षको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा उनले कति कुराहरू भनेर गर्न नहुने बताए । उनले भने, ‘कति कुराहरू हामीले भनेर गर्न हुँदैन रहेछ । कतिपय गुपचुप गर्नुपर्ने अवस्था छ । त्यही […]

कृष्ण बहादुर महराले गरे पार्टी परित्याग

काठमाडौं । नेकपाका नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन् । पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन […]

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत गरिने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा निर्वाचन नहुने भएको छ । आगामी प्रथम महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत गरिने निर्णय रास्वपा सचिवालय बैठकले गरेको हो । रास्वपाका एक नेताले वरिष्ठ नेतामा निर्वाचन नभइ स्वतः सर्वसम्मत हुने जानकारी दिए । “अब वरिष्ठ नेताको पद विधानमै समेटिएको छ । कार्यकारी होइन, […]

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा पूर्वतयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा मन्त्रालय रहेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । देशका बाढीपहिरो एवं प्राकृतिक विपद्बाट प्रभावित […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं