सकारलाई समर्थन फिर्ताको जानकारी संसद्‍मा, एमाले प्रतिपक्षमा बस्ने

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । बुधबार आठजना मन्त्रीको राजीनामासँगै सरकारबाट समर्थन फिर्ता लिएको एमाले अब संसद्मा प्रतिपक्षमा बस्ने भएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयलाई पत्र लेख्दै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको […]

झापा चितवनबाट अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं– झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २३ वर्षीय एलिन दर्नाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका-२ चैनपुर स्थित सडकबाट […]

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै, आजै आदेश आउन सक्ने

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ भइरहेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा अहिले बहस चलिरहेको छ । मंगलबार र बुधबार दुई दिनमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दामा अहिले सुनुवाइ जारी छ । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको […]

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

काठमाडौं– नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरे । उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा […]

पानी परेको बेला एसी चलाउन कत्तिको सुरक्षित ?

काठमाडौं– गर्मीमा एसीको चिसो हावाबाट सबैले ठूलो राहत पाउँछन् । गर्मीको मौसममा एसीको कूलिङ इफेक्टलाई अरूसँग तुलना गर्न सकिँदैन । अब वर्षायाम सुरु भएको छ र धेरैको मनमा यो प्रश्न छ कि वर्षामा एसी चलाउनु ठिक हो कि होइन? विन्डो एसी होस् वा स्प्लिट एसी युनिट होस्, तपाईँको एसी युनिटको लागि वर्षा हानिकारक छैन। एसीको […]

निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही निर्णयमा मैले हस्ताक्षर गरेकी छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद निशा डाँगीले महामन्त्री मुकुल ढकालमाथि कारबाही गर्ने पार्टी निर्णयमा हस्ताक्षर गरेकी छन् । केहीले उनलाई ढकाललाई सघाएको आरोप लगाएका थिए । तर उनले सामाजिक सञ्जालमा आफ्नो ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै हस्ताक्षर गरेको बताइन् । ‘सञ्चारमाध्यममा रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा भन्ने शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण […]

तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान

तुलसीपुर– नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताए। ‘अहिले पनि धेरै क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन’, उनले भने, […]

मकैबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

बैतडी– अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्‍याएको हो । कीराले मकैको बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिए। उनले भने, ‘कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली […]

रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको जवाफ, ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान लिएका छन् । बुधबार साँझ नेकपा एमालेका ८ मन्त्रीको राजीनामासँगै समर्थन फिर्ता भएपछि अल्पमतमा परिसकेका उनले संसद् फेस गर्ने अडान लिएका हुन् । राजीनामा पत्र बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूसँगको छलफलमा उनले ३० दिनसम्म सरकारमै रहने अडान लिएका हुन् । बिहीबार बिहान राजीनामा […]

वर्षासँगै बाढीको चिन्तामा कुतियाकबरवासी

वेदकोट– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडा जोगबूढा नदीवारि आफन्तकहाँ राखेका छन् । लत्ताकपडा, हलुका खानेकुरालगायत आवश्यक कागजपत्र राखेर झटपट झोला तयार छन् । ती सामान घरभित्र विगतमा बाढी पुगेकोभन्दा माथितिर सुरक्षित राखिएको छ । बाढीको बेला फसेकाको उद्धारका लागि स्थानीयले निर्माण गरेका दुई ढुंगा छन् । ‘बर्सात सुरु भइसक्यो । कुन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा