ताप्लेजुङमा कोरोना सकिएकै हो ? मुखमा मास्क र सामाजिक दुरी खै ?

ताप्लेजुङ । यो समय झट्ट ताप्लेजुङ सदरमुकाम फुङ्लिङ् पुग्दा लाग्छ ‘कोरोना संक्रमण अब सकियो’ । फाट्ट फुट्ट केही सरकारी कर्मचारी बाहेक कसैको अनुहारमा मास्क देखिदैन, गोजिमा हुनु फरक कुरा । सरकारले लगाएको लकडाउन खुल्ला भएसँगै सामुहिक हिडडुल गर्ने र मास्क नलगाउनेको संख्या धेरै छ । सदरमुकाममानै रहेका सचेत नागरिकमा पनि मास्क लगाउनुपर्छ, सामाजिक दुरी कायम […]

कालापानी क्षेत्रमा भारतले दोब्बर सुरक्षाकर्मी थप्‍यो, एसएसबी र सेनाका सवारीसाधन परिचालन

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ। सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन्। ‘विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस […]

प्रदेश १ मा कोरोना : मंगलबार ४३ जना कोरोना संक्रमित थपिए, तीन जिल्लाका सबै स्थानीय तहमा संक्रमण

विराटनगर । प्रदेश १ मा मंगलबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार मोरंगका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, […]

बच्चा काण्ड : ‘आमाले बच्चा बालगृहलाई दिइन्, सञ्चालकले चौरमा भेटेको भन्दै रकम उठाइन्’

काठमाडौं । साउन १३ गते कार्टुनमा राखिएको बच्चाको एउटा तस्वीर भाइरल भयो । कारण थियो, कपनको आकाशेधारा चौरमा बेवारिसे अवस्थामा भेटिनु । केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो । तर घटनामा नयाँ […]

मंगलबार विराटनगरमा ८ संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोनाभाइरस कोभिड १९ का ८ जना संक्रमित थप भएका छन्। महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार मंगलबार महानगरपालिकामा ३ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यसैगरि, मंगलबार नै इटहरी उपमहानगरपालिका ६ र ९ का ५३ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। इटहरीकै ६ नम्बरकी २३ वर्षीया […]

कोशी अस्पतालमा एक विरामीको मृत्यू, पीसीआर रिपोर्ट आउन बाँकी

विराटनगर । विराटनगर स्थित कोशी अस्पतालमा सोमबार राती एक पुरुषको उपचारका क्रममा मृत्यू भएको छ । श्वास फेर्न गाह्रो भएर उपचारका लागि अस्पताल ल्याइएका उदयपुरका ५५ वर्षिय पुरुषको मृत्यू भएको हो । उनको स्वाव संकलनगरी पीसीआर परीक्षणका लागि लगिएको छ । कोरोना संक्रमण आशंका गरिएका उनको रिपोर्ट आउन भने बाँकी नै छ । हिजो मात्रै […]

सप्तरीमा आजदेखि निषेधाज्ञा जारी

सप्तरी। सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेका छन्। जिल्ला सुरक्षा समितिको बैठकअनुसार २६ साउनसम्म निषेधाज्ञा जारी गरिएको हो। सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित जिल्लाभरि आज बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको बताए। जिल्ला सुरक्षा समितिको निर्णय […]

बाढीले पाँचथरका तीन विद्युत आयोजना बन्द

पाँचथर। भारी वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले क्षति पुर्‍याएको छ। आइतबार रातिदेखि हिजो दिउँसोसम्मको निरन्तर बाढीले फिदिम-फालोट सडकको फिदिम-नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ। बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिन धस्सिएको छ। पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका-१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम-फालोट सडक […]

विराटनगरमा कोरोना संक्रमितलाई कीरा परेको खाजा दिएपछि……

विराटनगर । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान बिरामीहरूलाई दिएको खाजामा कीरा भेटिएको छ । हाल ६० जना उपचाररत केन्द्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारको छ । खाजामा दिइएको मटरको झोलमा कीरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा भनिन् । ‘संक्रमितले खाइहाल्छन् भन्दै हेला गरेर खाजा दिएजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन र ?’ […]

प्रदेश २ : मुख्यमन्त्रीको कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

धनुषा । प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी छ जनासहित ३० जनामा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा