काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका जिज्ञासाको स्पष्टीकरण दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बुधवारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची […]
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक सञ्चालनमा अवरोध गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ। विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल चलिरहेका बेला मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिइरहेका थिए। छलफलका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग गर्न खोजेका थिए। तर सभामुख डोलप्रसाद […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे बस्नेछ । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ । कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा […]
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा भित्र ५ लाख ३८ हजार ६ सय २२ जनाले एसीआईडी प्राप्त गरेका छन् । यसबाहेक १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । गएराति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा उनले कर छलीका विषयमा अर्थमन्त्रीले झुट बोलेको जिकिर गरेका हुन् । “भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । हामीले संसदीय छानबिन माग […]
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले यही जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय मागेर उनले सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् । “प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा […]
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयको काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्। पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक संरचना निर्माणको प्रक्रिया अघि बढाइएको बताएका हुन्। “विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ। यो मन्त्रालय चलाउन अरू मन्त्रालयजस्तो सबै […]
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । बैठकमा आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न […]
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै मदन भण्डारीको मृत्यु प्रकरणको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले राजनीतिक रूपमा संवेदनशील घटनाहरूको सत्यतथ्य सार्वजनिक गर्न राज्यले गम्भीर पहल गर्नुपर्ने धारणा राखे। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै घिसिङले […]
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधि सभामा देखिएको अवरोधको मूल कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको दाबी गर्दै त्यस विषय समाधान नभएसम्म संसद् कार्यवाही अघि बढ्न नसक्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएन भने सदन सामान्य प्रक्रियामा फर्कन नसक्ने स्पष्ट गरे। उनका अनुसार […]