बालेन भन्छन् -‘देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेनले देशको विकासका लागि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन् ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। […]

‘झापामा ओली र बालेनलाई पछार्नेछौँ’ : हर्क साम्पाङ

काठमाडौँ । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन साहलाई पछार्ने बताएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले भने, ‘हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ […]

‘महाधिवेशनले नेतृत्व फेरेको हो, पार्टी फुटेको छैन’ : विश्वप्रकाश शर्मा

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ चयन गरेपछि आफूहरू अद्यावधिक गराउन निर्वाचन आयोग आएको बताए । उनले भने, ‘विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको अवस्था छ । हामीले आज लिखित र मौखिक रूपमा पनि जानकारी गराएका छौँ ।’ उनले पार्टीले […]

सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’

काठमाडौं । विशेष महाधिवेशनबाट चुनिएका नेपाली काँग्रेस सभापति गगन कुमार थापाले नयाँ नेतृत्वको अभिलेख निर्वाचन आयोगले अद्यावधिक गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समय सीमालाई पनि ख्याल गरी चाँडो निर्णय गरिदिन पनि आग्रह गरेको बताए। […]

कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषण गरिने भएको छ । एक नेताका अनुसार केहीबेरमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व घोषणा हुनेछ । यता पार्टी सभापति शेरबहादुर देउवा समूहले काँग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको […]

रामहरि खतिवडाले भने : ‘कारवाहीको प्रस्ताव आएपछि चन्द्र भण्डारी र म बैठकबाट बाहिरियौँ’

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार रहेको बताएका छन् । हिजो विशेष महाधिवेशनले केन्द्रीय समिति विघटनको निर्णय गरेसँगै पार्टी फुटतिर गएको र आजको केन्द्रीय समिति बैठक कारवाहीको निर्णय गरेर विभाजनलाई औपचारिकता दिएको उनको भनाइ छ । खतिवडाले काँग्रेसका अधिकतर नेताहरू विभाजनको पक्षमा नरहेको प्रष्ट पारे । यद्यपि, विभाजन […]

गगनले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीबाट निष्कासनमा परेका नेता गगन थापाले काँग्रेस प्राइभेट कम्पनी नभएकाले कसैले कसैलाई निकाल्न नसक्ने बताएका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले विशेष २४८८ महाधिवेशन प्रतिनिधिले गरेको निर्णय नै अब आधिकारिक काँग्रेस हुने बताए । देशभरका नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता विशेष […]

राष्ट्रलाई सङ्कट परेका बेला एमाले एक ढिक्का भएर उभिन्छ : क्षितिज थेबे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवासंघ नेपालका अध्यक्ष क्षितिज थेबेले पार्टी भित्रको गुटबन्दीले आउन लागेको प्रतिनिधिसभा निर्वाचनमा कुनै असर नपर्ने दाबी गरेका छन् ।  नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले मंगलबार साँझ काठमाडौंमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटबन्दी आन्तरिक हुने र बाह्य दलसँग लड्दा सधैँ एमाले एक […]

कांग्रेस विशेष महाधिवेशन : सहमतिको खोजी जारी, निर्वाचनको घडी अगाडि

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र सहमति र प्रतिस्पर्धा एकैसाथ अघि बढिरहेका छन्। विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच रातभर चलेको वार्ता निष्कर्षमा नपुगेपछि विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी तीव्र पारेको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्वमा परिवर्तनको प्रयास अघि बढाए पार्टी विभाजनको जोखिम समेत बढ्न […]

योगेश, तिलकुमार र क्षितिज सम्मानित, सम्पर्क मञ्चले दियो शुभकामना

काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा विजयी उपमहासचिव योगेश भट्टराई र सदस्यद्धय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबेलाई नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै तीन जनालाई खादा ओढाई मञ्चले सम्मान गरेको हो । उक्त कार्यक्रममा फागुन २१ मा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं