‘राइट टु रिकल’ दस्तावेज बनाउन रास्वपामा ११ सदस्यीय समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ। पार्टीको भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै दस्तावेज निर्माणका लागि गठित समितिका सदस्यको नाम सार्वजनिक गरेको छ। समितिको संयोजकमा महामन्त्री विपिनकुमार आचार्य […]

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, एकीकृत दस्तावेज बनाइने

  काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले आ–आफ्ना प्रतिवेदन पेस गरेका हुन्। दुवै प्रतिवेदन अध्ययन गरी साझा धारणा बनाउने र एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय भएको एमाले उपमहासचिव तथा प्रवक्ता […]

राजविराज अस्पतालको गेटबाहिर प्रसूति, ड्युटीका कर्मचारी हटाइए

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन सुरु गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभामा घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताउँदै छानबिन प्रतिवेदनका आधारमा दोषी देखिए कानुनअनुसार कारबाही गरिने जानकारी दिइन्। अस्पतालको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान […]

आईजीपी कार्कीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण

विराटनगर। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गरी उनीमाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सुनारले आईजीपी कार्की, उनकी श्रीमतीलगायत उच्च अधिकारीमाथि करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको दाबी गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिमा समेत […]

प्रधानमन्त्री बालेन र न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री साहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे लक्सनलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री साहले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता […]

कांग्रेसको १५औँ महाधिवेशनका लागि सात प्रदेशमा निर्वाचन संयोजक तोकिए

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ।  निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनअन्तर्गत निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी दिएका हुन्। समितिका अनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल र गण्डकी प्रदेशमा जगन्नाथ ढकाललाई संयोजक […]

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक : के–के भयो ?

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई सहसचिवलाई सचिवमा बढुवा गर्नेसम्मका निर्णय बैठकले गरेको हो। मन्त्रिपरिषद्ले गरेका निर्णय यस्ता छन्   १. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने। २.भारतको नयाँ दिल्लीमा हुने नेपाल–इन्डिया इन्टर–गभर्नमेन्टल सब–कमिटीको बैठकका […]

प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने टोलीको भ्रमण स्वीकृत गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ। टोली असोज १० गते […]

कानुनमन्त्री गौतमले किन मागिन् राष्ट्रियसभासमक्ष माफी ?

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिसभासमक्ष माफी मागेकी छन् । सांसदहरूले उठाएजस्तो अभिव्यक्ति आफूले नदिएको भन्दै पन्सिएकी गौतमले चित्त दुखाएकोमा भने माफी मागेकी हुन् । जेनजी आन्दोलनको स्मृतिमा पुरानो संसद् भवन परिसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री गौतमले कानुन निर्माणले गति लिन नसक्नुमा राष्ट्रियसभामा आफ्नो पार्टीको उपस्थिति नहुनुलाई कारणका रूपमा प्रस्तुत गरेकी […]

दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौँ । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो। यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योग मन्त्रालय मन्त्रीविहीन थियो। मन्त्री बन्ने तयारी भएसँगै साह निर्वाचन क्षेत्रबाट काठमाडौँ फर्किएको बताइएको छ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं