कोशी प्रदेशसभामा विश्वासको मतका लागि मतदान (फाेटाे फिचर)

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदमा पेश गरेको विश्वासको मतको प्रस्तामाथि मतदान शुरु भएको छ। संविधानको धारा १८८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभाको विश्वास रहेको भन्ने प्रष्ट पार्न प्रदेश सभाको नियमावली २०७४ नियम १२८ (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गरेको थिए । मत विभाजनका लागि सभामुख बाबुराम गौतमले प्रस्ताव […]

मुख्यमन्त्री कार्कीको प्रस्ताव : कोशीमा सर्वपक्षीय सरकार बनाऔं, अहिले मतदान हुँदै

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अहिले पनि सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफ्नो प्रयासले सार्थकता पायो कि पाएन भन्ने परिणामले देखाउने बताए । बिहीबार मात्र पनि आफूले आफ्नो पार्टीसँगै अरु पार्टीको नेतृत्वसँग परामर्श गरेको […]

इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध, भट्टराईविरुद्ध नाराबाजी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् । कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् । उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।

…अनि ल्यायौं अध्यादेशमार्फत बजेट : मुख्यमन्त्री कार्की

विराटनगर – कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तासाझेदार दलले आफू नेतृत्वको सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउनु परेको बताएका छन् । सत्तासाझेदार दलले समर्थन फिर्ता गरेसँगै संसद (प्रदेशसभा)बाट बजेट ल्याउन नसकिएको बताए । प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गर्ने क्रममा उनले नीति तथा कार्यक्रम संसदमा पेश गरेपनि बजेट अध्यादेशबाट ल्याइएको उल्लेख गरे । […]

कोसी प्रदेश : एमालेलाई राप्रपाको साथ, विश्वासको मत दिने

विराटनगर – कोसी प्रदेशमा नयाँ सत्तासमीकरणको चलखेल भइरहँदा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले नेकपा (एमाले)को साथ नछाड्ने अडान लिएको छ । प्रदेशमा एमाले र राप्रपा हालका सत्तारुढ दल हुन् । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ जना सांसद (प्रदेशसभा सदस्य छन् । दुवै दलका ४६ सांसदसहित एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की हाल मुख्यमन्त्री छन् […]

जसपाले काेशीमा विश्वासकाे मतकाे पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने

विराटनगर – जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिइने विश्वासको मतकाे पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने भएकाे छ । पार्टीकाे काेसी प्रदेश कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । उसले मतदान प्रक्रियामै भाग नलिने निर्णय गरेकाे बताइएकाे छ । ९३ सदस्यीय प्रदेशसभामा जसपाकाे १ जना सांसद निर्मला लिम्बू छिन् । प्रदेश कमिटीको आज […]

सांसद्मा किन बस्दैनन्र सांसद, उपस्थिती कम भएकाेमा गुनासो बढ्दै

काठमाडाैं – सांसद रोशन कार्कीले बिनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुको सहभागिता न्यून भएको भन्दै गुनासो गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटमा कुनै ‘कमा’ र ‘पूर्ण विराम’समेत परिवर्तन नहुने भएकाले छलफलमा सांसदको सहभागिता न्यून भएको बताउनुभयो । उहाँले उपराष्ट्रपति कार्यालयको प्रशासनिक खर्च कम गरी […]

ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडाैं – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता भएकाहरुको चाँडो खोजी गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले भन्नुभयो, “अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै […]

समाजवादी मोर्चा बुढाहरुको क्लब हो : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरुको क्लब भएको टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरुबीच पछि झगडा पर्ने र अलग हुने दाबी गरे । ‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो …। यो […]

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमा गएका प्रधानमन्त्री किन जहाजमा फर्किए ?

विराटनगर – बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् । नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् । बाढी पहिररो प्रभावित ताप्लेजुङको मौसम पनि खराब […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा