कार्की आयोगलाई बयान नै नदिएको ओलीको दाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् । असंवैधानिक सरकारले फसाउनका लागि आयोग बनाएको उनको आरोप छ । ‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले एमालेको राष्ट्रिय कार्यशालामा बुधबार भने,’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान दिन्नँ भनेर […]

निर्वाचन परिणामबारे एमाले अध्यक्ष ओलीको टिप्पणी : परिणाम पूर्वनिर्धारित भएको दाबी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई लिएर प्रश्न उठाउँदै त्यसलाई पूर्वनिर्धारित योजना अनुसार आएको नतिजाका रूपमा व्याख्या गरेका छन्। सदस्यता नवीकरणसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उनले फागुन २१ गतेको निर्वाचनलाई सामान्य प्रतिस्पर्धाभन्दा भिन्न रूपमा प्रस्तुत गर्दै त्यसलाई “नाटक” र “तमासा” जस्तो अवस्था भएको टिप्पणी गरे। उनका अनुसार निर्वाचनको परिणाम […]

सम्पत्ति विवरण छानबिन गर्ने भए खरानी उठाएर लैजानु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन् । काठमाडौँमा आजबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताउँदै उत्ताउलोपन लामो समय नटिक्ने बताए । सरकार अराजक शैलीमा प्रस्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा […]

रवि र मोदीबीचको भेटवार्ता आज

काठमाडौं । नयाँ दिल्लीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भारत भ्रमणको क्रममा दिल्ली रहेका लामिछानेले आज मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताको समय भने खुलाइएको छैन । सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा अध्यक्ष नितिन नवीनसहित शीर्ष […]

मन्त्रिपरिषद् बैठकका ४ निर्णय सार्वजनिक

काठमाडौं । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, सुरक्षा, वातावरणीय तथा संस्थागत संरचनासम्बन्धी चार वटा निर्णयहरू गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम अन्तर्गत ओजन तहलाई क्षति पुर्‍याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरणसँग सम्बन्धित मन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौतालाई स्वीकृति प्रदान गरेको छ। यस निर्णयले ओजन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। […]

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्। उनका अनुसार, बैठक भोलि १२:१५ बजे बजेसम्मका लागि स्थगित गरिएको हो ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ

काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ परेका छन् । पर्साको ठोरीबाट उनलाई पक्राउ गरिएको हो । “मेयर राजेशमान सिंहलाई हामीले आज पक्राउ गरेका छौँ,” जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले बाह्रखरीसँग भने, “आज बिहान ६ः१५ बजे ठोरीबाट हामीले उहाँलाई पक्राउ गरेका हौँ ।” सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी […]

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४:०० बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति […]

संसदमा विपक्षी दलबाट सहयोग नपाएको सभामुखको गुनासो

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा देखिएका जटिलता समाधान गर्न प्रयास गरे पनि विपक्षी दलबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोमबार विपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नै आसनबाट प्रतिक्रिया जनाएका थिए। सभामुखले पटक-पटक संवादका लागि आग्रह गर्दा पनि विपक्षी पक्षबाट […]

‘भिजिट भिसा’ दुरुपयोग नियन्त्रणका लागि कडाइ गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘भिजिट भिसा’ प्रणालीको दुरुपयोग रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भिजिट भिसासम्बन्धी प्रक्रिया र त्यसमा देखिएका चुनौतीबारे सरकारको धारणा प्रस्तुत गरेका हुन्। उनका अनुसार भिजिट भिसामा विदेश पुगेपछि रोजगारीका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं