ताप्लेजुङ । प्रहरीसँगको झडपपछि शनिबार राती फुङलिङबाट पक्राउ परेका ‘नो केवलकार’ समूहका १५ जनालाई आइतबार ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । हुलदंगा र अपराधिक उपद्रव कसुरमा ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । मुलुकी अपराध संहिता […]
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारका नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताएका छन् । आइतबार सदनमा बोल्दै उनले यसको विवादबारे संसद्बाट ध्यानाकर्षण गराएका हुन् । ‘ताप्लेजुङमा कुबलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद […]
ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् । जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा […]
काठमाडाैं । नेपाली सेनाले मुलुकमा पछिल्लो समय देखिएका पहिचानका मुद्दा स्थानीयस्तरमै समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाली सेनाको जंगीअड्डामा दुई दिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकमा ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विवादले पनि प्रवेश पाएको थियो । यो विवादलाई सेनाले पहिचानको मुद्दाको सूचिमा राखेर प्रस्तुत गरेको थियो । सेनाका ८ जना पृतनापतिहरूले प्रदेशस्तरीय सुरक्षा चुनौतीसँगै भविष्यमा […]
काठमाडौं । सरकारी वार्ता टोलीले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा रहेको समूहलाई पुन: वार्तामा आउन आग्रह गरेको छ । सरकारले गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले ‘नो केबलकार’ समूहको समितिसँग केही चरणमा वार्ता गरे पनि अहिले रोकिएको अवस्था छ । यसैबीच समितिले शुक्रबार पुन सरकारी समितिले आन्दोलनरत […]
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणमा जिल्ला बाहिरका मान्छेले अवरोध गर्न नहुने बताएका छन् । बिहीबार साँझ सामाजिक संजाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केबलकारसहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु […]
ताप्लेजुङ । पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेका ‘नो केबलकार समूह’ले केबलकार निर्माण क्षेत्रमा पुगेर सरक्षामा खटिएका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि विहीबार दिउँसो झडप भएको छ । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूह बिहीबार ठूलो फेदीबाट […]
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतो अहिले हिमाली जिल्ला ताप्लेजुङमा छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बन्न उनी ताप्लेजुङ पुगेका हुन् । तर, उनको यो पदयात्रालाई ताप्लेजुङका नागरिकले विभिन्न कोणबाट नियालेका छन् र, शङ्काको घेरामा राखेका छन् । उनीहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्, ‘पहिले मधेस आन्दोलन गरेर मधेसमा […]
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि सबै प्रक्रिया पुरा गरेर केबलकार निर्माणको काम भइरहेको छ । मङ्गलबार मात्रै जिल्लावासीले केबलकारको पक्षमा सद्भाव र्याली निकाले र, केबलकार चाँडो निर्माण सकेर जिल्लाको विकासमा अझै जुट्न आग्रह गरे । तर, अझै पनि जिल्लावासी केबलकारको विपक्षमा छन् भन्दै भ्रम छर्न भने रोकिएको छैन । विभिन्न स्वार्थमा […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतामा दृढ रहन सबैलाई आह्वान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज (बुधबार) शुभकामना सन्देश जारी गर्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको बताए । उनले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र […]