विराटनगर । बजेटको सन्दर्भ होस् वा आम जनताका सवाल, सदनमा फरक ढंगले मुद्दा उठाउँदै आएका सोलुखुम्बुबाट निर्वाचित प्रदेशसभा सदस्य गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेपछि हर्षित छन् । हिमाली जिल्लाबाट हिमाली भेगमा बसोबास गर्ने आम नागरिकका सवाल बोकेर प्रदेशसभामा प्रवेश गरेका शेर्पा कोशी प्रदेश सभामा शेर्पा समुदायबाट प्रतिनिधित्व गर्ने एक्ला सांसद हुन् । मन्त्री […]
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले कोसी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। लामो छलफलपछि दिउँसो चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो। नेकपा कोसी प्रदेश इन्चार्ज राजेन्द्र राईका अनुसार खिनु लङ्वाको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो । उनी यसअघि पनि मन्त्री भइसकेका हुन् । यस्तै जीवन आचार्यले भौतिक पूर्वाधार […]
विराटनगर । केन्द्रमा भएको तीनबुँदे सहमति अुनसार कोसी प्रदेश सरकारमा सहभागि हुन तयारीमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्री टुंगो लगाएको छ । सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र समाजिक विकास मन्त्रालय पाउने भएको छ । यद्यपि आन्तरिक मामलिा तथा कानुन मन्त्रालयमा भने अझै सहमित जुट्न सकेको […]
विराटनगर । कोसी प्रदेशमा सरकार विस्तारको तयारी भइरहे पनि नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि मन्त्रीको नाम टुङ्ग्याउन सकस भएको छ। सोमबारसम्म मन्त्रीको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि पार्टीभित्र आन्तरिक छलफल जारी छ। नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, पूर्व मुख्यमन्त्री तथा पार्टी इन्चार्ज राजेन्द्रकुमार राई र […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, सानेपामा सोमबार दिउँसो २ बजे बस्नेछ। बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सहमतिअनुसार कोसी प्रदेश सरकार पनि विस्तारको तयारी गरिएको छ। सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टीका मन्त्रीहरूको नाम प्राप्त हुनासाथ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्ने तयारी गरेका हुन्। साउनको पहिलो साता भएको तीन बुँदे सहमतिअनुसार आज (सोमबार) कोसी प्रदेश सरकार विस्तार गर्ने तयारी […]
काठमाडौँ ।नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ। तीन दिनसम्म चलेको समूहको सम्मेलनले धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै नेपालमा सनातनदेखि चलिआएका धर्म–संस्कृति र परम्परालाई राष्ट्रिय पहिचानसँग जोडेर अघि बढाउने धारणा सार्वजनिक गरेको हो। सम्मेलनबाट पारित प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा […]
इलाम । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाउँदै विधि, विधान र प्रक्रियाविपरीत गतिविधि गर्नेलाई अनुशासनको दायरामा ल्याउने चेतावनी दिएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेको चर्चा र हस्ताक्षर अभियानलाई […]
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी संसदीय दलको बैठक सुरु भएको छ। कोशी प्रदेश सरकारमा पार्टीका तर्फबाट कसलाई मन्त्री पठाउने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो। पार्टीले आजै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको स्रोतले जनाएको छ। बैठकमा सरकारमा पार्टीको सहभागिता, मन्त्रालयको जिम्मेवारी तथा मन्त्रीका सम्भावित नामबारे छलफल भइरहेको बताइएको छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्। राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। लहानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, भवन निर्माण तथा विशेषज्ञ चिकित्सकको […]