पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा, हिमेश पन्तले दिएका थिए उजुरी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । यद्यपी कुन जाहेरीबाट श्रेष्ठलाई पक्राउ गरिएको भन्ने जानकारी दिइएको छैन ।

एकता, सद्भाव र पारिवारिक मिलनको पर्व : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गर्दै सत्यको मार्गमा हिँड्न, सुशासन कायम गर्न र सामाजिक विकृतिमाथि विजय प्राप्त गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बडादसैँको शुभकामना दिँदै विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव, उमङ्ग र आत्मीयता […]

चाडपर्वले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछन् : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालीका मौलिक चाडपर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउने बताएका छन् । बडादसैँ, शुभदीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख खापुङले चाडपर्वले नेपाली समाजमा प्रेम, सद्भाव र एकताको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख […]

‘बडादसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र भाइचारालाई मजबुत बनाउँछ’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, […]

मधेसमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ४ मन्त्रीको राजीनामा

विराटनगर । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । सरकार गठनका बेला सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले शुक्रबार प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन आधिकारिक रूपमा फिर्ता लिएको जानकारी गराएका छन् । समर्थन […]

भूमिसम्बन्धी अध्यादेश संसद्‌बाटै ल्याउनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्‌मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताएकी हुन् । प्रमुख सचेतक थापाले कानुनमन्त्री सोविता […]

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् निर्णय

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय […]

गगन थापाले भोलि कांग्रेस सभापतिको शपथ लिँदै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले शुक्रबार पार्टी सभापतिको शपथ लिने भएका छन्। थापाले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ लिने कार्यक्रम तय भएको हो। १५औँ महाधिवेशनमा सभापतिका प्रत्यासी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा निर्वाचित भएका थिए। मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए। थापा […]

‘प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलार्य विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ […]

मन्त्रिपरिषद् बैठक साढे १२ बजे

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्यान्ह साढे १२ बजे बस्न लागेको हो । बैठकमा सरकारका नियमित कामकारबाहीका साथै केही नियुक्त, सरुवा, बढुवा लगायतका विषयमा छलफल हुनसक्ने बताइएको छ ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं