आरोपलाई सत्य ठहर्‍याउने होइन, तथ्य र प्रमाणका आधारमा छानबिन गरौँ :खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदीय समितिमा उजुरी तथा आरोपमाथि छलफल गर्दा पूर्वाग्रही मानसिकता त्यागेर तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएकी छन्। बुधबार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद ओलीले कुनै पनि उजुरीमाथि छलफल गर्दा आरोपलाई सुरुमै सत्य ठहर्‍याउने मनसाय राख्नु उचित नभएको बताइन्। समितिमा बोलाइएका जिम्मेवार अधिकारीहरूप्रति […]

प्रहरीभित्रको अनियमितता छानबिन गर्न सांसद सुनारको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै प्रहरी महानिरीक्षक ९आईजीपी० को निवासमा भएको भनिएको चोरीको घटनासमेत छानबिनको दायरामा ल्याउन माग गरेका छन्। बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्धबारे गम्भीर प्रश्न उठाए। प्रहरी प्रधान […]

एलपी ग्यासको अभावप्रति राष्ट्रिय सभाको सरकारको ध्यानाकर्षण

काठमाडौँ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभावप्रति राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गराउँदै उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था गर्न आग्रह गरेको छ। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ग्यासको आपूर्ति प्रभावित हुँदा सर्वसाधारणले भोग्नुपरेको कठिनाइबारे सांसदहरूले शून्य तथा विशेष समयमा सरकारको ध्यानाकर्षण गराएका थिए। बजारमा देखिएको अभावबारे जनस्तरबाट समेत निरन्तर गुनासो […]

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन ९कोप–३१० मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिए। उनका अनुसार कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई […]

लुम्बिनी प्रदेश सरकार गठनमा सहकार्य गर्ने एमाले, माओवादी र मसालबीच सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने सहमति भएको छ। तीन दलबीच भएको छलफलपछि जारी सहमतिपत्रमा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ। त्यस्तै, तीन दलले राष्ट्रिय स्वाधीनता, संविधान […]

संखुवासभामा गृहले पठायो सिडीओ डिजन भट्टराई

विराटनगर । गृह मन्त्रालयले संखुवासभा र बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । मंगलबार राति मन्त्रालयले बैतडीका प्रजिअ डिजन भट्टराईलाई संखुवासभा सरुवा गर्दै बैतडीमा उपसचिव मिना अर्याललाई प्रजिअको जिम्मेवारी दिएको हो । अर्याल यसअघि डडेल्धुराको प्रजिअमा सरुवा भएकी थिइन् । तर डडेल्धुरामा उपसचिव तहकै प्रजिअ कार्यरत रहेको अवस्थामा पुनः सोही तहको कर्मचारीलाई सरुवा गरिएको […]

कोशीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै, मुख्यमन्त्रीले धन्यवाद दिने

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुलाई राजीनामा दिन दलले निर्देशन दिएको छ । सोही अनुसार कांग्रेसरका मन्त्रहरू आज सरकारबाट बाहिरिँदै छन् । यसैबिच कांग्रेसका मन्त्रीहरूलाई धन्यवाद दिंदै बिदाइ गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज […]

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाइँदैछ : मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताएकी छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिले आज आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफलमा मन्त्री यादवले ग्यासको आपूर्ति तथा वितरणसम्बन्धी विवरण सार्वजनिक गर्न अहिले गुगल फारमको प्रयोग भइरहेको जानकारी […]

प्रदेश सभा सदस्यसँग युवाको सवाल : पासपोर्ट रोक्दैमा विदेश पलायन रोकिन्न

मोरङ । रोजगारीको अभाव, प्रमाणपत्रमुखी शिक्षा, बजेटको दुरुपयोग र बढ्दो विदेश पलायनप्रति आक्रोश व्यक्त गर्दै मोरङका युवा विद्यार्थीले प्रदेश सभा सदस्यहरूलाई जवाफदेही बन्न प्रश्न गरेका छन् । उनीहरूले भाषण र आश्वासनभन्दा सीप, रोजगारी र उद्यमशीलताका लागि ठोस कार्यक्रम तथा बजेटको माग गरेका छन् । संसदीय पत्रकार मञ्च, कोशी प्रदेशको आयोजनामा मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा […]

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दै छ । सिंहदरबारमा बस्ने उक्त बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र सन्देश टेबुल गर्ने कार्यसूची तय गरिएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यक्रम छ भने राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं