ताप्लेजुङ पहिरोमा बेपत्ता ३ जनाको कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ – गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाइ दाहसंस्कार गरेका छन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी […]

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुङ्गा – ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो । गुरुङका १० वर्षीय […]

बाढी-पहिराले विद्यार्थीको पढाइ प्रभावित

ताप्लेजुङ – ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च […]

‘साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज

काठमाडाैं – अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । नेपाल प्रहरीले सरकारले गरेको निर्णयले पीडितको सास्ती अली कम हुने र प्रहरीलाई […]

ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडाैं – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता भएकाहरुको चाँडो खोजी गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले भन्नुभयो, “अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै […]

समाजवादी मोर्चा बुढाहरुको क्लब हो : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरुको क्लब भएको टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरुबीच पछि झगडा पर्ने र अलग हुने दाबी गरे । ‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो …। यो […]

ताप्लेजुङमा लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

ताप्लेजुङ – ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षाका कारण आएको बाढीपहिरोले लघु जलविद्युत् गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकारमा बस्न बाध्य भएका छन् । मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना आइतबार राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको छ […]

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमा गएका प्रधानमन्त्री किन जहाजमा फर्किए ?

विराटनगर – बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् । नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् । बाढी पहिररो प्रभावित ताप्लेजुङको मौसम पनि खराब […]

खराब मौसमका कारण प्रधानमन्त्री प्रचण्डसहितको टोली पाँचथर अवतरण गर्न सकेन

काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली प्रतिकूल मौसमको कारण पाँचथरमा अवतरण हुन नसकेपछि विराटनगर प्रस्थान गरेको छ । आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाको तुम्लिङटार गएको टोली त्यहाँबाट पाँचथर प्रस्थान गरेको थियो । तर प्रतिकूल मौसमका कारण पाँचथरमा हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि विराटनगरतर्फ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको […]

आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो

काठमाडाैं – भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा