आज जेनजी सहिद दिवस : सरकारले दियाे सार्वजनिक बिदा

काठमाडौ । आज जेनजी सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

कोशीमा स्थानीय रक्सी र गाँजा खेतीलाई कानुनी बाटो खोल्ने तयारी

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय रक्सी तथा गाँजा खेतीको प्रवर्द्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने विषय समेटिएको छ। प्रदेश सरकार सञ्चालनमा सहकार्य गरिरहेका नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा जनस्तरबाट व्यापक माग आएको तथा स्थानीय आयआर्जन र अर्थतन्त्र विस्तारमा योगदान पुग्न सक्ने भन्दै प्रचलित कानुनको दायराभित्र […]

राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन: राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् । भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिम पहिरोपछिको बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राष्ट्रका नाममा विशेष सम्बोधन गरेका हुन् । आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ […]

राष्ट्रपति पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएपछि राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन्। उनले नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्नेछन्। राष्ट्रपति पौडेलले आजै बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन […]

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत अवलोकन

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। बाढीबाट भएको क्षति र पछिल्लो अवस्थाबारे जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्। अवलोकनका क्रममा उनले नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालासँग वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। […]

तथ्य र प्रमाणसहित राष्ट्रसंघ जान प्रधानमन्त्री साहलाई सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा तथ्य, प्रमाण र वैज्ञानिक आधारसहित प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले प्रधानमन्त्रीको विदेश भ्रमणलाई औपचारिकतामा सीमित नगरी विज्ञ, अनुसन्धानकर्ता र विशेषज्ञसँग परामर्श गरेर तयारी गर्न आग्रह गरे। उनले जलवायु परिवर्तनबाट नेपालले […]

कांग्रेस वडा अधिवेशन एक साता पछि सर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन एक साता पछि सार्ने तयारी गरिएको छ। आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति परिवर्तनबारे छलफल हुने भएको छ। सभापति गगन थापाले दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मिति १६ देखि १९ असोजमै गर्ने गरी तल्लो तहको कार्यतालिका […]

बाढी उद्धार अभियानबारे रास्वपा सांसद ढकालको असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानबारे पार्टीका वरिष्ठ नेताहरूले समेत सञ्चारमाध्यममा आएका नकारात्मक धारणालाई पछ्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अर्का सांसद श्रीराम न्यौपानेसँगै काठमाडौँ फर्किने क्रममा आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले उद्धारका क्रममा आफूहरूले सक्दो प्रयास गरेको बताएका छन्। मानवीय दृष्टिले प्रयास आंशिक […]

विपद् प्रतिकार्यमा प्रविधिको प्रयोग प्रभावकारी बन्दैछ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यमा परम्परागत रूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यममार्फत कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन्। गृहमन्त्री गुरुङका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट काम भइरहेको छ। उनले अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक हुँदै आएको जानकारी दिए। विपद्को प्रतिकार्यमा […]

विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन साहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन् । उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्, यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं