हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्लाको निर्वाचनको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगेकी छन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान हेलिकप्टरबाट सोलुखुम्बु पुगेको हो । सुरुमा नाम्चे पुगेको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई […]

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवार घरदैलोमा व्यस्त छन् । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १३ दलका उम्मेदवार घरदैलो अभियानमा सक्रिय भएका छन् । कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ,नेकपा (एमाले)का क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद […]

प्रतिनिधि सभा निर्वाचन : ४७ जिल्लाका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, […]

मधेश दौडाहामा बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को आज चुनाव लक्षित कार्यक्रम रहेको छ । केही दिन आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका बालेन आज मधेश केन्द्रित कार्यक्रम तय भएको छ । रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन् । उनी सप्तरी जिल्लाका पार्टीका उम्मेदवारदेखि मतदातासँग भेटघाटमा छन् […]

संघ-प्रदेश समन्वय कमजोर हुँदा कोशीका कार्यक्रम कार्यान्वयनमा असर

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघ, प्रदेश र स्थानीय तहबीच अपेक्षित समन्वय र सहकार्य नहुँदा प्रदेशका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले संविधानले तीनै तहका सरकारलाई सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सञ्चालन गर्ने व्यवस्था गरे पनि व्यवहारमा […]

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटेका छन्। आइतबार सरकारी वकिलको कार्यालय काठमाडौँले प्रसाईँलाई हाजिर जमानीमा छाडेको साइबर ब्युरो जनाएको छ । साइबर ब्युरोमा निर्वाचन आयोगको उजुरी परेपछि प्रसाईँलाई शुक्रबार पक्राउ गरिएको थियो। उनीमाथि निर्वाचन बिथोल्ने प्रयास गरी आचारसंहिताको उल्लंघन गरेको र विद्युतीय कारोबार ऐन, २०७४ को दफा ४७ अन्तर्गत अनुसन्धान गर्न पक्राउ […]

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), […]

सूर्यमय हुन्छ झापा : ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताएका छन् । आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरेका हुन् । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता-कार्यकर्ता तथा समर्थकलाई […]

बौराहाको विकास मेरो प्राथमिकता हो : विनोद ढकाल

विराटनगर । बुढीगंगा गाउँपालिका ६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषि जस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य निर्वाचनका नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले ती समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बुढिगंगा गाउँपालिका–६ बौराहामा ढकालसँग स्थानीय नेता […]

फेरि समातिए दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाएनन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं