कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न सिफारिस

चितवन । रातको समयमा एक सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई घटनाको छानबिनको जिम्मेवारी दिएको थियो । छानबिनका क्रममा कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका-११ बाइपास रोड क्षेत्रमा गणेशस्थान प्रहरी बिटका […]

प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ चितवनको, डीएसपीको नेतृत्वमा छानबिन सुरू

चितवन । रातको समयमा प्रहरीले एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ । उक्त भिडिओ भरतपुरको बाइपास रोड क्षेत्र आसपास खिचिएको पुष्टि भएसँगै चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा घटनाबारे छानबिन सुरू गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाको सम्बन्धमा सत्यतथ्य […]

सर्वोच्चले रिट खारेज गरेसँगै राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयन गर्न खुल्यो बाटो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा रोक लगाउनुपर्ने माग सहित परेको रिट खारेज गरेको छ । यससँगै सरकारलाई सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो । सर्वोच्चले केही विषयमा भने सरकारका […]

विपिन सकुशल घर फर्किने आशामा परिवार

कञ्चनपुर । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार उनी सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा […]

सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरूको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मूल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट […]

मौसम : कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यति बेला कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लागेको […]

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा वृद्धको मृत्यु

सुनसरी । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचामा एक वृद्धको मृत्यु भएको छ । शुक्रबार राति छावा सहित बस्ती पसेको माउ हात्तीले आक्रमण गर्दा सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मध्यराति हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

विराटनगरमा बिहानैदेखि बाक्लो हुस्सु

विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगर लगायत तराईका विभिन्न स्थानमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । यो वर्ष माघबाट मात्र चिसाे मौसम सुरु भएसँगै हुस्सु लागेको हो । मौसम धुम्मिएर लागेको हुस्सुका कारण घाम देख्न पाइएको छैन । हुस्सुसँगै बिहानैदेखि विगतका दिनमा भन्दा अलि बढी चिसो महसुस भएको छ । विगत वर्षहरुमा मंसिर दोस्रो सातादेखि […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, बागमती र मधेश प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो हुस्सु लागेको अवस्था छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने […]

कन्काई पुल : ५ पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम

झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं