
काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि उक्त रकम दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार […]
काठमाडौं – प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो । आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ । शान्सी र […]
विराटनगर – प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ । जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्रालयका सचिव डा अनुज भट्टचन, कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायतले आज कोसी […]
काठमाडौं – साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण […]
काठमाडौं– यदि तपाईँले हवाइजहाजबाट यात्रा गर्नु भएको छ भने यात्राको क्रममा चिया–कफी अवश्य पनि पिउनु भएको होला । तर के तपाईँलाई थाहा छ, यात्राको क्रममा क्याबिन क्रू तथा एयरहोस्टेसहरुले कहिले पनि चिया अथवा कफी पिउँदैनन् ? फ्लाइटमा क्रू मेम्बरहरु तथा एयरहोस्टेसले चिया–कफी नखाने कारण थाहा पाएपछि तपाईँ पनि फ्लाइटमा चिया अथवा कफी पिउनु अगाडि एक […]
फुङ्लिङ- किराँती समुदायले आज बिहानैदेखि (सिसेक्पा तङ्नाम) पर्व मनाउन थालेको छ । किराँतीहरूले साउने सङ्क्रान्तिलाई (सिसेक्पा तङ्नाम) भनेर मान्ने गर्दछ । सो समुदायमा आफ्नो इष्टदेवको सम्मानमा आज नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । ताप्लेजुङ, पाँथर, इलाम, झापालगायत नेपालको पूर्वका जिल्लाहरूमा बसोबास गर्ने किराँतीहरू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको […]
काठमाडौं – नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले वालेन शाहलाई घरपिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन् । केही दिनअघि आफ्नो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् । ‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन । घरैपिच्छे डुल्ने […]
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत्को क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवद्र्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताउनुभएको छ । तीनदिने भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला […]
ताप्लेजुङ — पाथीभरामा केवलकार निर्माणका लागि म्याद थप भएको छ । फुङलिङ नगरपालिकाले कार्यविधि संशोधन गरेर म्याद थप गरेको हो । असार २९ गतेको कार्यपालिका बैठकले केवलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । कार्यपालिकाले निर्णय गरेको भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । […]
ताप्लेजुङ — बाल सुवोधिनी संस्कृत माविका शिक्षक भीम पन्दाकले यो वर्ष लाखेजात्रा हुन्छ कि हुॅदैन भनेर प्रश्न गरे । फुङलिङ नगरपालिका–५ का वडाध्यक्ष सोजित श्रेष्ठ, नगर कार्यपालिका सदस्य दिनेश खवासलगायत रहेको छलफलबाट उनले लाखेजात्राचाहिँ हुने जवाफ पाए । तर पन्दाकको चासो फुटबलमा थियो । वडाध्यक्ष श्रेष्ठले त्यसमा चाहिँ अनभिज्ञता जनाए । प्रत्येक वर्ष साउन–भदौमा सदरमुकाम फुङलिङमा लाखेजात्रा पर्व मनाइन्छ । […]