तनहुँमा कोरोनाले एकै परिवारका तीनको मृत्यु, ६ जना उपचाररत

दमौली । तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए । उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो । त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगे । त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो । धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ […]

करेन्ट लागेर मोरङमा एकको मृत्यु

मोरङ । मोरङ रतुवामाई १० सातमेडी बस्ने २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटरजडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु वेहोस भएका थिए । उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको साझँ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको […]

प्रदेश १ को सुरक्षा गोष्ठि सकियो, चाडपर्व केन्द्रित सुरक्षा र कोरोना नियन्त्रणका विषयमा छलफल

विराटनगर । प्रदेश १ को प्रदेश स्तरीय सुरक्षा गोष्ठि मंगलबार सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल सरकार, गृहमन्त्रालयको संयुक्त आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा गोष्ठी सम्पन्न भएको हो । उक्त गोष्ठीमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नेपाली सेना लगायतका प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय […]

कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका हुन् । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थपगर्दै […]

प्रदेश १ मा कोरोना : मंगलबार ४१९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष […]

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषद् बीच सम्झौता

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राती अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन बीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्य सहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए […]

डिम्पललाई फकाउँदै आकाश र पुष्प

विराटनगर । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘गालैमा डिम्पल’ सार्वजनिक भएको छ । सोमबार दिउँसो ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत् यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रोवर्ड सिप्तुङ्खा राईको शब्द रचना रहेको गीतमा सुनिल राईले संगीत संयोजन गरेका छन् । काठमाडौँस्थित ए–वन स्टुडियोमा राजेश […]

कोरोना संक्रमित एक वृद्धको विराटनगरमा मृत्यु

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा कोरोना भाइरस संक्रमित एक जना वृद्धको मृत्यू भएको छ । बृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्धको बिहान २ः१५ बजेतिर मृत्यु भएको हो । ती पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण […]

ब्राउनसुगरसहित एक जना पक्राउ

सुनसरी । सुनसरी धरान १५ बिसालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर)सहित पक्राउ परेका छन् । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा शरिरमा लुकाई […]

प्रदेश १ का पर्यटन मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

विराटनगर । कन्ट्याक्ट ट्रेसिङमा परेका प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुशियतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मन्त्री कुशियतको मंगलबार विहान रिपोर्ट आएको हो । मन्त्री कुशियत मेचीनगरको धुलावारीमा रहेको होटल मेची क्राउनमा पाहुना आउँदा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । मन्त्री कुशियत असोज २१ गतेको कार्यक्रममा भाग लिने क्रममा असोज […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा