बीपी प्रतिष्ठानमा अख्तियारले मार्यो छापा, खरिद तथा मूल्याङ्कन शाखाका केही कागजात नियन्त्रणमा

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ । आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकाल नेतृत्वको टोलीले आइतबार प्रतिष्ठानमा छापा मारेर प्रतिष्ठानविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको हो । आयोगको टोली आइतबार बिहान ११ बजे […]

सांसद वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी, पक्राउ गर्ला त प्रहरीले ?

काठमाडौं । बागमतीका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा वैद्यले ज्यान मार्ने दुरुत्साहन गरेको भन्दै जाहेरी परेको हो । मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले युवा संघ जिल्ला कमिटी सदस्य अनिल काफ्लेले जाहेरी दिएको पुष्टि गरे । जाहेरी परेपछि अनुसन्धान कार्य अघि बढाइएको उनले बताए । […]

इटहरीस्थित यातायात कार्यालयको भवन सार्न बहालवाला प्रदेश मन्त्रीकै संलग्नता

इटहरी । इटहरीस्थित यातायात कार्यालयको भवन सार्न बहालवाला प्रदेश मन्त्रीकै संलग्नता रहेको खुलेको छ। आफ्नै भवन इटहरी १० मा केही महिनाभित्रै बनिसक्ने अवस्थामा अहिले भाडामा बसेको घर अनुपयुक्त भएको भन्दै नयाँ भाडाको घरमा कार्यालय सार्न सेटिङ गरिएको हो। इटहरी—२ धरान रोडस्थित दिनेश भट्टराईको घर भाडामा लिएर सञ्चालन हुँदै आएको कार्यालयलाई इटहरी—८ का वडाध्यक्ष रोहित चौधरीको […]

पाँचथरमा वृद्ध हत्याको अनुसन्धानमा लागे ‘लैला’ र ‘पिकु’

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । धरानबाट ल्याइएका लैला र पिकु नामका दुई कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो । प्रहरीका सई दमानन्द श्रेष्ठको कमाण्डमा कुकुर परिचालन गरिएको हो। सुरुमा लैला कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो। लैला हत्या भएको घरबाट […]

झापामा निषेधाज्ञा असार ७ सम्म थपियो, के खुल्छ ? के बन्द ?

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले आइतबार निषेधाज्ञा थप गरेको छ । प्रशासन कार्यालयले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए । बैठकको […]

ताप्लेजुङका थप दुई कोरोना संक्रमितको काठमाडौ र विराटनगरमा मृत्यू

ताप्लेजुङ । ताप्लेजुङका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । मृत्यू हुनेमा फुङ्लिङ नगरपालिकाकी कृष्णमायाँ गुरुङ र आनन्द श्रेष्ठ रहेका छन् । गुरुङको काठमाडौं र श्रेष्ठको विराटनगरमा उपचारका क्रममा निधन भएको बताइएको छ । दुबै जनालाई कोरोना पुष्टि भइ थप उपचारका लागि हेलिकोप्टरमार्फत् जिल्ला बाहिर लगिएको थियो ।

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश १ सरकारले ल्याएको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएको आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमलाई जनता समाजवादीसमेतले समर्थन जनाएपछि सहजै बहुमतका साथ पारित भएको हो । सरकारको बार्षिक नीति तथा कार्यक्रममा चुरे क्षेत्र संरक्षणसम्बन्धि बिषयलाई समेट्न जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले […]

पाँचथरमा ३२ सहित प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५,रतुवामाई […]

को हुन् बेला बेला झमेलामा पर्ने ज्ञानेन्द्र शाही ? उनको विगत यस्तो छ

विराटनगर । ज्ञानेन्द्र शाही सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका एक व्यक्ति हुन् । उनका हजारौं फ्यान छन् र उनी तिनै फ्यानको सपोर्टमा बोल्ने गर्छन् । तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आक्रमण […]

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा