केबलकार निर्माणको विरोधले घटे तीर्थयात्री, फागुनमा पाथीभराको भेटी १३ लाखमात्रै

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँच सय भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले […]

सम्पदाको प्रवर्धन र विकासको प्रतिफल दिने केबलकार कुरिरहेका छन् ताप्लेजुङवासी

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न तल्लो फेदीबाट उकालो चढ्दै गरेको अवस्थामा भेटिए झापा अर्जुनधारा–८ का ७८ वर्षीय रामप्रसाद थापा । उनी २० वर्षपछि पाथीभरा देवीको दर्शन गर्न जाँदैथिए । ‘अब त बृद्ध भैएछ, देवीको दर्शन गर्न त मन लाग्छ । तर, यो उकालो चढ्न त धेरै गाह्रो नै छ,’ उनले […]

सुनसान सुकेटार विमानस्थल, अढाई महिना भयो गएन जहाज

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाई महिनादेखि उडान ठप्प छ । नेपाल वायु सेवा निगमका ट्वीनेटर जहाज ग्राउण्डेड भएपछि मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थल ठप्प भएको हो । निगमका २ वटा जहाज हुँदासम्म सातामा ५ दिन काठमाडौँ–ताप्लेजुङ उडान हुँदै आएको थियो । एउटा ग्राउण्डेड भएर एउटामात्रै चल्न थालेपछि सातामा एक उडान हुन थालेको थियो । […]

गलत जानकारी पाएकाले योगेश भट्टराईका विषयमा गलत बोल्न पुगेँ : पृथ्वी लिम्बू

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी लिम्बुले आफूलाई गलत सूचना दिएकाले पाथीभरा क्षेत्रमा बनिरहेको केबलकारको जग्गाको विषयमा गल्ति बोल्न पुगेको स्वीकारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आइतबार विहान सञ्चारकर्मी ऋषी धमलासँग कुरा गर्दै सदस्य लिम्बुले पाथीभरामा केबलकार निर्माणका लागि जग्गा खरिद गर्दा घोटला भएको र उक्त जग्गा एमाले सचिव तथा […]

ताप्लेजुङको फुङलिङ र काफ्लेपाटी क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार देखि काफ्लेपाटीसहित बलुडाँडा सम्म निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ । केबलकार सम्बन्धी विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा लगाएको हो । गएराती सार्वजनिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि रहने बताए । यो समयमा पाँच जनाभन्दा बढी भेला […]

कस्तो नियत राखेर ताप्लेजुङ उक्लिए राजेन्द्र महतो ?

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतो अहिले हिमाली जिल्ला ताप्लेजुङमा छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बन्न उनी ताप्लेजुङ पुगेका हुन् । तर, उनको यो पदयात्रालाई ताप्लेजुङका नागरिकले विभिन्न कोणबाट नियालेका छन् र, शङ्काको घेरामा राखेका छन् । उनीहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्, ‘पहिले मधेस आन्दोलन गरेर मधेसमा […]

डम्बरबहादुरको दोहोरो चरित्र : पहिले केबलकारको अनुमतिमा हस्ताक्षर गर्ने, अहिले ‘नो केबलकार’ समूहमा दौडने

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि सबै प्रक्रिया पुरा गरेर केबलकार निर्माणको काम भइरहेको छ । मङ्गलबार मात्रै जिल्लावासीले केबलकारको पक्षमा सद्भाव र्‍याली निकाले र, केबलकार चाँडो निर्माण सकेर जिल्लाको विकासमा अझै जुट्न आग्रह गरे । तर, अझै पनि जिल्लावासी केबलकारको विपक्षमा छन् भन्दै भ्रम छर्न भने रोकिएको छैन । विभिन्न स्वार्थमा […]

फोटोमा हेरौं ताप्लेजुङमा केबलकारको माग गर्दै निकालिएको र्‍याली (फोटो फिचर)

ताप्लेजुङ । ताप्लेजुङका स्थानीयले केबलकार निर्माण चाँडै हुनपर्ने माग गर्दै सदरमुकाम फुङलिङमा मङ्गलबार र्‍याली निकालेका छन् । उनीहरूले एउटै स्वरमा भेला भएर भनेका छन्, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन् ।’ हेरैं उक्त र्‍यालीको तस्बिर ।

कोशी प्रदेश स्थापनाको ७ वर्षमा के के भए ? (पुस्तकसहित)

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको आज (शनिबार) ७ वर्ष वर्ष पुगेको छ । पहिलोपटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो । कोशी प्रदेशमा ७ वर्षको अवधिमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा (सर्वोच्च अदालतबाट […]

सुकेटार–काफ्लेपाटी सडक कालोपत्रेको काम धमाधम, यस वर्ष भित्रै सक्ने तयारी

काठमाडौं । ताप्लेजुङको पाथीभरा सडक अन्तर्गत सुकेटार–काफ्लेपाटी खण्डको ११ किलोमिटर सढक कालोपत्रेको काम यसै वर्ष सकिने भएको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्कामा लिएको कम्पनीले अहिले धमाधम काम गरिरहेको र यसै आर्थिक वर्ष भित्र काम सकिने ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले बताए । ‘यो बाटोको विषयमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा