काठमाडौँ । सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले असन्तुष्टि जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण गराएका छन् । कानुन व्यवसायीलाई नागरिक एपमार्फत गेट पास अनिवार्य बनाउने व्यवस्थाले कामकाजमा जटिलता ल्याएको भन्दै उनले उक्त व्यवस्था पुनर्विचार गर्न आग्रह गरेका हुन् । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले हाल लागू गरिएको व्यवस्था […]
काठमाडौं । सिंहदरबारभित्र रहेको प्रशासकीय अदालत प्रवेशसम्बन्धी व्यवस्था पुनर्संरचना गरिएको छ । अदालत प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार कानुन व्यवसायीले अब बार काउन्सिल वा नेपाल बार एसोसिएसनको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् । सूचनाअनुसार कानुन व्यवसायीका लागि नागरिक एपमार्फत जारी हुने सिंहदरबार गेट पास अनिवार्य गरिएको छ । यसअघि प्रचलनमा रहेको परिचयपत्रका […]
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलले काम सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची’ को बुँदा नम्बर ४ अनुसार उक्त कार्यदल गठन गरिएको हो। उक्त कार्यसूचीमा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, […]
काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।
काठमाडौं । भाद्र २३ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन वरपर भएको उग्र प्रदर्शनका सम्बन्धमा जाँचबुझ आयोगले सुरक्षा निकायको पूर्वतयारी कमजोर, खुफिया संयन्त्र निष्क्रिय र भीड नियन्त्रणमा अत्यधिक बल प्रयोग भएको निष्कर्ष निकालेको छ। आयोगका अनुसार प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन सामाजिक सञ्जालमार्फत फैलिएको असन्तुष्टि, युवाको आक्रोश र बाह्य उक्साहटका कारण क्रमशः हिंसात्मक […]
लामो समय देखी राज्यसत्ताको अकर्मण्यता, सुशासन विहीनता, जबाफदेही विहीनता तथा आम नागरिकसँगको बढ्दो दुरी सबैले हेरिरहेका र भोगिरहेका थियौँ । यसका बारे चौतर्फी बहसहरू हुन्थे, आलोचना भई रहेका हुन्थे, सुझाव दिइन्थ्यो तर, सरकार कानमा तेल हालेर बसेको थियो । असन्तुष्टि, आक्रोश भित्रभित्रै बढिरहेको थियो । सरकार दैनिक कामकाज र आफ्नो शक्ति सन्तुलनमा व्यस्त थियो । […]
विगत तीन दिन यता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना, उपाय, दृढता, जोसलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्यों, पहल लिनु पर्यो भनेर […]
म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा तय गरेका छन्। दलीय घेराबन्दी र सङ्गठनात्मक शक्तिलाई चुनौती दिँदै ७१ वर्षीय पुनले स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक सफलता हात पारेका हुन्। निर्वाचनमा उनले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९ सय ३१ को भारी […]
धरान (सुनसरी) । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहनु भएका राई हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा […]
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित युवा नेता क्षितिज थेबे नेपाली राजनीतिमा उदाउँदै गरेको प्रभावशाली अनुहार हुन् । नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका उनी २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १३ हजार ९ सय ६२ मत प्राप्त गर्दै विजयी भए । अधिकांश स्थानमा रास्वपाका उम्मेदवार निर्वाचित हुँदा ताप्लेजुङका मतदाताले भने क्षितिजलाई […]