आर्सनलले जित्यो एफएकप

लन्डन । कप्तान पिएरे एमरिक अबामयाङको दुई गोलको मद्दतले आर्सनलले १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शनिबार एफएकप जितेको छ । आर्सनलले एफएकप जितेको यो कीर्तिमान १४ औं पल्ट हो । यससँगै आर्सनल अर्को सिजनको युरोपा लिगका पनि छनोट भएको छ । वेम्बलीको दर्शकबिनाकाे रंगशालामा प्राप्त यो सफलता आर्सनल व्यवस्थापकका रूपमा मिखेल आर्टेटाको […]

नापोलीले लाजियोलाई हरायो

एजेन्सी। इटालियन सिरी ‘ए’ मा नापोलीले लाजियोमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले लाजियोलाइै ३–१ गोलले हराएको हो । नापोलीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन फाबियन रुइज पेना, लोरेन्जो इन्सिग्ने र माटियो पोलिटियानोले समान एक–एक गोल गरे । पाहुना टोली लाजियोका सिरो इम्मोबाइलले एक गोल फर्काए । खेलको पहिलो हाफ १–१ […]

उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

एजेन्सी – इंग्ल्यान्डको सबैभन्दा पुरानो र प्रतिष्ठित एफए कपको उपाधिका लागि आज (शनिबार) राति लन्डन डर्बीका दुई क्लब चेल्सी र आर्सनल भिड्दैछन् । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । लन्डन डर्वीमा सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल चेल्सीलाई निराश पार्दै सिजनको पहिलो उपाधि जित्दै सिजनको सुखद अन्त्य गर्ने योजनामा हुनेछ । अर्काे […]

सबैभन्दा महँगा अफ्रिकी फरवार्ड नेपोलीमा अनुबन्धित

एजेन्सी । इटालियन क्लब नेपोलीले मोटो रकम तिर्दै नाइजेरियन युवा फरवार्ड भिक्टर ओसिमेनलाई अनुबन्ध गरेको छ । नेपोलीले युवा फरवार्ड भिक्टरलाई फ्रेन्च क्लब लिलबाट अनुबन्ध गर्न सफल भएको हो । दुवै क्लबले सम्झौता अवधि र रकमबारे औपचारिक खुलासा गरेका छैनन् । स्रोतका अनुसार नेपोलीले ८२ मिलियन युरोमा खर्चदै ओसिमेनलाई अनुबन्ध गरेको हो । यससँगै उनी […]

प्रधानमन्त्री केपी ओलीद्वारा आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन मात्र दिएका छैनन्, समर्थन गर्न नसक्ने भए मन्त्रिपरिषद् छाडेर जान सन्देश दिएका छन् । आफूलाई हटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने योजना बनेको भन्दै उनले ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ ९वचन र कर्मले० सामना गर्ने अठोट सुनाएका छन्, त्यसका लागि संवैधानिक कदम चाल्ने संकेत […]

क्वारेन्टाइनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार

बैतडी । क्वारेन्टाइनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए। शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल […]

शिक्षा मन्त्रालयले विद्यालयहरुलाई दियो चेतावनी

काठमाडौं । विद्यार्थी संघ संगठनको दवावपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुमा लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन चेतावनी दिएको छ । यसअघि गते बैशाख २२ गते पनि विज्ञप्ति निकालेर मन्त्रालयले विद्यालयहरुलाई आग्रह गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले लकडाउनका बेलामा पनि जनजीवन अस्तव्यस्त भएका बेलामा विद्यालय संचालकहरुको संस्था  ‘प्याब्सन’ […]

यसरी संचालन गरिदैछ शेयर बजार

काठमाडौं । धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले […]

चीनको एक क्षेत्रमा भेटियो कोरोना, संक्रमण नियन्त्रणमा नल्याएसम्म लकडाउन

बेइजिङ । कोरोनाभाइरस संक्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले संक्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै संक्रमण फैलिएको आशङ्कामा बेइजिङ् नजिकैको सिनफादी […]

बार्सिलोना बराबरीमा रोकिँदा रियाल मड्रिडलाई फाइदा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएपछि रियाल मड्रिडलाई फाइदा पुगेको छ । शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो । रेलिगेशन क्षेत्रबाट बच्न संघर्षरत टिमसंग बराबरीमा रोकिएपछि भने बार्सिलोनाको उपाधि यात्रा कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं