एक महिलाले अर्की महिलालाई सोधिन्, ‘बच्चा जन्मिएको खुसीमा तिम्रो पतिले तिमीलाई के उपहार दिए ?’ दोस्री महिलाले जवाफ दिइन, ’केही पनि दिएनन् ।’ पहिलो महिलाले फेरि सोधिन, ‘के तिम्रो पतिको नजरमा तिम्रो कुनै मूल्य छैन ?’ यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा बिषालु हावा बनेर घुस्यो । […]
काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर […]
काठमाडौं । नायिका रेखा थापा सामाजिक सन्जालहरुमा निकै सक्रिय छिन् । उनको सन्जालमा दुईवटा कुरा प्रमुख रुपमा देखिन्छ । पहिलो – तस्बिर अनि अर्को स्टयाट्स । रेखा राम्री छिन् । उनी देशकै नम्बर एक नायिका भइसकेकी व्यक्तित्व हुन्, तसर्थ उनको तस्बिर आकर्षक हुने भइहाले । सँगसँगै रेखाको सामाजिक सन्जालले उनको अहिलेको रुचि, बिषयहरुलाई हेर्ने दृष्टिकोण […]
नायिका प्रियंका कार्की गर्भवती भएपछि झनै चर्चामा छिन् । विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ । प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आलोचना भयो । केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन […]
काठमाडौं । अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् । अहिले फेरि उनले सामाजिक […]
दोहा । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका […]
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए। ‘स्तब्ध छु। कसरी भन्नु नेपाली संगीतको हाम्रो गौरव प्रेमध्वज प्रधान भौतिक रुपमा अब हामीबीच रहनु भएन’, अधिकारीले भने, ‘फेरि पनि सत्य […]
काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ रु’ यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले भनिन्, ‘खै अब त के विवाह गरिएला र १ मैले धेरै विवाहितहरूको अवस्था […]
काठमाडौं । नम्रता श्रेष्ठ यसवर्षकी मिस नेपाल घोषित भएकी छन् । २३ वर्षे यी सुन्दरीलाई राजधानीमा आयोजित समारोहमा मिस नेपाल २०२० को ताज प्रदान गरियो । समाजशाष्त्रमा स्नातकोत्तर गरेकी नम्रताले मिस इन्टलेक्चुअलको उपाधि पनि जितिन् । पेशाले उनी किन्डर गार्डेनकी शिक्षिका समेत हुन् । यस्तै मिस नेपाल सुप्रान्यासनल २०२० सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल २०२० […]
काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् । ‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित […]