
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् । सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘यसपाली […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीले दसैंको शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि […]
काठमाडौं । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०:११ बजे रहेको जनाएको […]
विराटनगर । प्रदेश ५ को नाम लुम्बिनी तोकिएसँगै राजधानी तोकेर पनि नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण चाँडो हुनुपने दबाब प्रदेश सरकारलाई पर्न थालेको छ । यस अघिको प्रदेश संसद अधिबेसनमानै नामाकरण टुंग्याउने तयारी गरे पनि कोरोना संक्रमणका कारण संसद अधिबेसन चाँडो स्थगित भएकाले नामाकरणको टुंगो हाल सम्म लाग्न सकेको छैन । विराटनगरलाई राजधानी […]
ओखलढुंगा । घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दसैंको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दसैंलाई स्वागत गरे पनि आमनागरिकले मनैदेखि दसैं भित्र्याउन सकिरहेका छैनन् । विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दसैं स्वागत […]
काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]
विराटनगर । भारतले सीमा नाका एकतर्फी खोलेपछी विराटनगर स्थित जोगवनी नाकामा थप सुरक्षा सतर्कता बढाइएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमा नाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भिडलाई रोक्न सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । नेपाल सरकारले आगामी कात्तिक ३० गते सम्म […]
काठमाडौँ । आज दुर्गाभवानीको विशेष पूजाराधना गरी महाष्टमी पर्व मनाइदैछ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मत रूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। […]
काठमाडौं । बडादशैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन फूलपाती । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको […]
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ६० हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ । […]