काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), […]
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताएका छन् । आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरेका हुन् । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता-कार्यकर्ता तथा समर्थकलाई […]
विराटनगर । बुढीगंगा गाउँपालिका ६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषि जस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य निर्वाचनका नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले ती समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बुढिगंगा गाउँपालिका–६ बौराहामा ढकालसँग स्थानीय नेता […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाएनन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ […]
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् । झापा ओलीको गृह जिल्ला पनि हो । उनी निकट स्रोतका अनुसार ओली हवाई मार्गमार्फत मध्यान्ह झापा जाने बताइएको छ ।
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार–प्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मंगलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार […]
विराटनगर । कोशी प्रदेशसभाको नियमित सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता भएको छ । आइतबार विराटनगर महानगरपालिकामा आयोजित विशेष समारोहका बीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सम्पन्न समारोहमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र […]
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार […]
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् । मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् । उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तिकरणका नारा सुनिन्छन् […]
चितवन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताएका छन् । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताएका हुन् । उपमहासचिव भट्टराईले भने “दुनियाका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेको, जमिनमा […]