सभामुखले चलाए संसद, रास्वपाद्धारा बहिस्कार

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै […]

आजबाट संसद्को हिउँदे अधिवेशन, कार्यसूचीमा के छ ?

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने संसद […]

ताप्लेजुङका ६ राजनीतिक दल भन्छन्, ‘लगानीमैत्री वातावरण बनाऔं, वार्ताबाट निकास खोजौं’

ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल जिल्लामा लगानी मैत्री वातावरण बनाउनु पर्ने पक्षमा एकमत देखिएका छन् । पाथीभरामा केबलकार निर्माण सुरु भएसँगै उत्पन्न परिस्थिति पछि विहीबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै जिल्लाका ६ राजनीतिक दलहरूले समस्याको समाधान वार्ताबाट गर्नुपर्ने र असहज परिस्थिति अन्त्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा […]

सौन्दर्य, प्रकृति र शक्तिको क्षयिकरण नहुनेगरी केबलकार बनाऔं : कांग्रेस

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण सुरु भएको केबलकार र जिल्लामा सञ्चालित जलविद्युत परियोजनाका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सदरमुकाम फुङलिङमा विहीबार पत्रकार सम्मेलन गर्दै कांग्रस ताप्लेजुङले पाथीभराको सौन्दर्य, प्रकृति र शक्तिको क्षयिकरण नहुनेगरी केबलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको हो । नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले केबलकारको विरोध गरिरहेकाहरूसँग वार्ता गरेर […]

केबलकारको विरोध गरिरहेका समूहद्धारा मानवअधिकार उल्लंघन, आन्दोलनमा बालबालिकाको प्रयोग

ताप्लेजुङ । नेपालको संविधानको धारा ३९(६) ले बालबालिका सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेको छ । उक्त ऐन अनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो । तर, ताप्लेजुङमा पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका पहिचान पक्षधरहरूले आफ्ना आन्दोलनमा बालबालिकाको प्रयोग गरिरहेको खुलेको छ । बालबालिका पक्राउ र घाइते भइरहेका छन् । मानवअधिकारकर्मी भन्छन्, […]

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ । प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा‍. भीष्म अधिकारीले जानकारी दिए । एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् । […]

आन्दोलनरत पहिचान पक्षधरले कोशी प्रदेश सरकारसँग वार्ता नगर्ने

विराटनगर । पहिचान पक्षधरले कोशी प्रदेश सरकारसँग वार्ता नगर्ने भएका छन् । पहिचानवादी मोर्चाले ताप्लेजुङको पाथीभरा क्षेत्रको विवादका विषयमा प्रदेश सरकारसँग वार्ता नगर्ने स्पष्ट पारेको हो । केबलकारको विषयमा वार्ता गर्दा संघीय सरकारसँग मात्रै गर्ने पहिचानवादी मोर्चाको अडान छ । ‘प्रदेशले वार्ताका लागि बोलाएको छ भन्ने सुन्यौं । तर, आधिकारिक रुपमा हामीलाई थाहा छैन । […]

पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पहिचान नष्ट हुँदैन : योगेश भट्टराई

काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पनि पहिचान नष्ट नहुने बताएका छन् । काठमाडौंमा बुधकार पत्रकार सम्मेलन गर्दै भट्टराईले केबलकारको डीपीआर सबै आफूले हेरेको बताउँदै यसले पाथीभराको महिमालाई अझै फैलाउने बताउनुभयो । ‘यहाँ धेरै भ्रम फैलाइएको छ । केबलकार कान्छि थान माथिबाट लैजाने, पाथीभराको डाँडामा नै पु¥याउने […]

पहिचान पक्षधरलाई काेशी सरकारले वार्तामा बाेलायाे

विराटनगर । पहिचान पक्षरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । शनिबार ताप्लेजुङकाे पाथिभरा क्षेत्रमा भएको घटनालाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो । कोशी प्रदेशमा […]

प्रविधिसँग शिक्षालाई जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । विद्यार्थीहरूलाई उत्पादनमा जोड्ने अभियानमा विद्यालयहरू लाग्नु पर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । मंगलबार झापाको दमकमा रहेको हिमालय माध्यमिक विद्यालयको ६९ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आइटी र प्रविधिसँग शिक्षालाई जोडेर अघि बढ्नु पर्ने धारणा राखे । उनले दातृ निकाय र प्रदेश सरकारसँग साझेदारीमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने बताए […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा