बाढी आउनुअघि नै ११ लाख एसएमएसमार्फत पूर्वसूचना दिइएको प्रधानमन्त्रीको दाबी

विराटनगर । प्रधानमन्त्री बालेन शाहले बाढी आउनुभन्दा आधा घण्टा अगावै पूर्वसूचना प्रवाह गरिएको दाबी गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले बाढी आएलगत्तै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । प्रधानमन्त्रीका अनुसार सम्भावित जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन ११ लाख एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। बाढीको जोखिम बढ्नुअघि नै सूचना प्रवाह गरी नागरिकलाई सतर्क गराउने प्रयास […]

प्रधानमन्त्री बालेनले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

विराटनगर । संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद् सचिवालयलाई गराएको छ। गत बुधबार भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ। सोही बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री बालेनले संसद्लाई जानकारी गराउन लागेका हुन्।

राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले […]

भोटेकोशी बाढीपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा घोषणा गरी विपद्मा ज्यान गुमाउनेहरूप्रति राज्यको सम्मान र संवेदना प्रकट गर्नुपर्ने बताएका हुन्। नेपाली कांग्रेसका सांसद युवराज शर्माले राष्ट्रिय सभा अध्यक्षमार्फत सरकारलाई […]

भोटेकोशी बाढी प्रभावितका लागि मधेस सरकारले दोस्रो चरणको राहत पठाउँदै

धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज पठाउँदैछ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले राहत सामग्री पठाउने निर्णय गरेको हो । बैठकमा भोटेकोशी […]

रसुवा विपद् : एमालेद्धारा १ करोड २० लाख राहत सहयोग घोषणा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढी, पहिरो तथा डुबानपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त घोषणा गरेका हुन्। कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष […]

बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग माग

काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा पीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको जानकारी दिए। उनका अनुसार नेपालले अमेरिकासँग डीएनए परीक्षणका लागि सहयोग तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ। जापान र दक्षिण कोरियाबाट पनि थप […]

बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षण गर्न मन्त्री श्रेष्ठ त्रिशूलीमा

काठमाडौँ। बाढी प्रभावित जलविद्युत् आयोजनामा भइरहेको उद्धार तथा व्यवस्थापन कार्यको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन्। त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा मन्त्री श्रेष्ठले गृहमन्त्री सुधन गुरुङसँग उद्धार अभियानको समन्वय तथा पछिल्लो अवस्थाबारे छलफल गरिरहेका छन्। नेपाली सेनाका अधिकारीहरूले जलविद्युत् आयोजनाका सुरुङमा भइरहेको खोज तथा उद्धारको प्रगतिबारे उनलाई जानकारी […]

भोटेकोशी बाढीबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत कार्यका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री शाहले सोमबार केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्। प्रधान सेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री […]

कांग्रेस संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कोइरालाले पार्टीको विधान र संविधानअनुसार वर्तमान कार्यसमितिको पदावधि सकिन लागेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं