विराटनगर । ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट स्वास्थ्य सामग्री पठाइएको छ । सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित विज्ञसँग अन्तरक्रिया गरेका पूर्वमन्त्री भट्टराईले दिउँसोनै जिल्लामा आवश्यक भएमध्येका केही सामान पठाएका हुन् । पठाइएका स्वास्थ्य सामग्री बुधबार विहान सम्ममा ताप्लेजुङ पुग्ने भट्टराईको सचिवालयले […]
विराटनगर । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २–डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको […]
विराटनगर । प्रदेश सरकारले अक्सिजनको अभाव हुन नदिन प्रदेश १ बाट अन्यत्र अक्सिजन जान नदिने तयारी थालेको छ । केहीदिन अघिसम्म तथ्यांक बिहिन देखिएको सामाजिक विकास मन्त्रालयले अहिले प्रदेश १ बाट अक्सिजन अन्य प्रदेशमा पठाउन नसकिने बताउन थालेको हो । सोमबार बिहान ताप्लेजुङको कोभिड नियन्त्रणका लागि सरोकारवालाहरुका बिचमा भएको छलफलमा सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर […]
विराटनगर । प्रदेश १ मा आइतबार १ हजार २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]
इलाम। कोरोना संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको गएराती निधन भएको छ । इलाम घर भएका उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा शनिबार राती निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगर ल्याइएको थियो ।
विराटनगर । झापाको बिर्तामोडमा रहेको बि.एण्डसी टिचिङ्ग अस्पतालमा कोरोना संक्रमण पछि उपचारमा पुग्ने अधिकांशले कोरोना जितेर फर्कने गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणका कारण बिभिन्न अस्पताल पुगे पनि ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै जाँदा झापाको बिर्तामोडमा रहेको यो अस्पतालले भने उपचारमा आउनेहरु कमैले मात्रै ज्यान गुमाएको दाबी गरेको हो । शनिबार एक विज्ञप्ति प्रकाशित […]
विराटनगर । सरकारले कोभिड १९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन्। त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, […]
विराटनगर । प्रदेश १ मा शनिबार ५ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा […]
विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय ५१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९६ महिला र १४९ […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएपछि जिल्ला अस्पतालको टोलीले घरमै पुगेर एन्टिजेन परीक्षण गरेको थियो । अस्पतालका प्रमुख डा। सोनिङ लामाका अनुसार वृद्धामा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या थियो । वृद्धाको शुक्रबारै काबेली घाटमा अन्त्येष्टि गरिएको छ । स्वास्थ्य […]