
इलाम। कोरोना संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको गएराती निधन भएको छ । इलाम घर भएका उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा शनिबार राती निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगर ल्याइएको थियो ।
विराटनगर । झापाको बिर्तामोडमा रहेको बि.एण्डसी टिचिङ्ग अस्पतालमा कोरोना संक्रमण पछि उपचारमा पुग्ने अधिकांशले कोरोना जितेर फर्कने गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणका कारण बिभिन्न अस्पताल पुगे पनि ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै जाँदा झापाको बिर्तामोडमा रहेको यो अस्पतालले भने उपचारमा आउनेहरु कमैले मात्रै ज्यान गुमाएको दाबी गरेको हो । शनिबार एक विज्ञप्ति प्रकाशित […]
विराटनगर । सरकारले कोभिड १९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी सम्झौता गरेका अस्पतालमध्ये प्रदेश १ मा तीनवटा, प्रदेश २ मा पाँच, बागमती प्रदेशमा ३७ अस्पताल छन्। त्यस्तै गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशमा १०, […]
विराटनगर । प्रदेश १ मा शनिबार ५ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा […]
विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय ५१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९६ महिला र १४९ […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएपछि जिल्ला अस्पतालको टोलीले घरमै पुगेर एन्टिजेन परीक्षण गरेको थियो । अस्पतालका प्रमुख डा। सोनिङ लामाका अनुसार वृद्धामा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या थियो । वृद्धाको शुक्रबारै काबेली घाटमा अन्त्येष्टि गरिएको छ । स्वास्थ्य […]
विराटनगर । प्रदेश १ मा विहीबार १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ […]
विराटनगर । प्रदेश १ मा विहीबार ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र ते¥हथुममा ६–६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामाजिक […]
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वाव संकलन गरी पठाएको सय जना मध्ये एकैपटक ६६ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । कोरोनाका लक्षण देखिएका, संक्रमितको सम्पर्कमा रहेका र यस अघि संक्रमण पुष्टि भई पुन परीक्षणका लागि पठाएका मध्येबाट आएको रिपोर्ट रहेको प्रशासन कार्यालयले जनाएको […]
विराटनगर । कोरोना संक्रमण बढेसँगै अक्सिजनको मात्रा नाप्ने अक्सिमिटरको माग बजारमा ह्वातै बढेको छ । यसको माग बढेसँगै यसको कालोबजारी र नक्कली उत्पादन गर्ने र महामारीमा लुट मचाउने क्रम पनि सुरु भएको छ । प्रहरीले नक्कली अक्सिमिटर बेच्ने ७ जनालाई काठमाडौंबाट पक्राउ गरेसँगै यसको रहस्य खुलेको छ । उत्पादन मिति, म्याद समाप्त मिति, खरीद मूल्य, […]