काठमाडौं – नेपाल राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै योगदान गर्ने पहिलो ठूलो देश भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको वरियता अनुसार विश्व शान्तिका लागि सुडान, लेबनान र कंगो लगायत द्वन्द्वग्रस्त १२ देशमा खटिँदै आएको नेपाली सेना तथा प्रहरी विश्वमा पहिलो देश भएको हो । सन् १९५८ देखि शान्ति मिसनमा नेपाली सेना खटिँदै आएको छ […]
काठमाडौं – सरकार र राजनीतिक दलहरू सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सौदाबाजी गरिरहेका छन् । तर जसको लागि यो विधेयक ल्याउन खोजिएको हो उनीहरू सरकार प्रति विश्वास नभएर हो वा आफ्नो बेपत्ता व्यक्ति फर्केर आउँदैन भनेर हो कुशको लास बनाएर दाहसंस्कार गरिरहेका छन् । यस्तै टिठ लाग्दो अवस्था पशुपति आर्यघाटमा देखिएको छ । चन्द्रकला उप्रेतीले राज्यसँग […]
काठमाडौं – नेपाली नागरिक विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको आज तीन महिना पुगेको छ । हमासले इजरायलमाथि आक्रमण गरेपछि हमासले नियन्त्रणमा लिएका बन्दी मध्येका एक विपिनको रिहाइका लागि नेपालले गरेका प्रयास अझै सफल हुन सकेका छैनन् । यसैबीच, इजरायली सेनाले गाजामा गरेको आक्रमणमा गत २४ घण्टामा कम्तिमा एक सय २० जनाको मृत्यु भएको छ । […]
काठमाडौँ – महिला कस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ? उनीहरू कस्तो खालका पुरुषसँग बिहे गर्न चाहन्छन् ? अनि कोसँग चाँहि डेटिङ मात्रै जान चाहन्छन् ? यस्ता खालका प्रश्नको जवाफ प्रायः विवादित रहन्छन् । कहिले हँसी मजाक र ठट्टामा त कहिले गम्भीर भएर पुरुषहरूले पनि यस्ता कुरा सोचेका होलान् । हालै भएको एउटा अध्ययनमा यी कुराहरू डिकोड […]
पोखरा – भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ । भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको […]
करोडौं वर्ष पुरानो मानव सभ्यता अनेक उतारचढावका बीच निरन्तर छ। हिजोआज थरलाई जात मानेर आरोप–प्रत्यारोप चलिरहेको छ। प्रकृतिले मानवलाई एक जात बनायो तर समाज र वंश परम्पराले आफ्नो संस्कार र संस्कृति निरन्तर लाने क्रममा मानवभित्रै अनेक अभ्यास भए र अनेक थरी मान्छे अनेक जाति भनेर चिनिन सुरु गरे। तर ती सबै परिचयका लागि बनाइएको थर […]
झापा – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने शिक्षामा जोड दिन आग्रह गरे । आज गृहजिल्ला झापास्थित गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा उनले कृषिको आधुनिकीकरण र दक्ष जनशक्तिको उत्पादन गर्ने प्राविधिक […]
काठमाडौं – अलि पुरानो एउटा सुन काण्ड अहिले नयाँ बनेर चर्चामा छ। त्यो हो इलेक्ट्रिक सिगरेट अर्थात् भेपभित्र राखेर ल्याएको ९ किलोभन्दा बढी सुन। त्यसभन्दा पछि ब्रेक सुमा ल्याएको सुन समातियो, टक्सार विभाग लगेर गालियो। तर, भेपभित्र ल्याइएको भनिएको चर्चित काण्डको सुन कहाँ छ ? किन यसलाई पगालिएन ? प्रश्न जति जिज्ञासु छ, उत्तर उति […]
काठमाडौं – नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा अनु […]
काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई […]