काठमाडौं । प्रतिनिधिसभामा बिभिन्न दुई विधेयक प्रस्तुत भएको छ । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान मार्फत दक्ष, सक्षम र जिम्मेवार […]
रूपन्देही । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएपछि पहिलोपटक एमालेको कार्यक्रममा सहभागी भएकी छन् । एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा भण्डारी सहभागी भएकी हुन् । उनी सोमबार रूपन्देही पुगेकी थिइन् । कार्यक्रममा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित केन्द्रीय सदस्य भूमिश्वर ढकाल, […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीको कूटनीतिक स्वागत र तामझाम नभएको भन्दै खिसिट्युरी गरेको सुनिएको बताइन्। उनले भनिन्, ‘मिडियामा सुनिन्छ, विपक्षी दलका […]
विराटनगर । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने तय भएको छ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपदबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताउँदै प्रधानमन्त्रीको राहत कोषको नामकरण परिवर्तन गर्न र अधिकार सम्पन्न प्राधिकरण गठन गर्न […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कूटनीतिक पहल गर्न माग गरेकी हुन् । सांसद डाँगीले सदनमा धारणा राख्दै भारतले नेपाली जुटमा […]
विराटनगर । चाडपर्व नजिकिएसँगै तास खेल्ने क्रम बढिरहेका बेला मोरङ प्रहरीले विराटनगरबाट तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–६, सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। प्रहरी टोली पुगेपछि पक्राउ पर्ने क्रममा भागदौड हुँदा दुई जना घाइते भएका छन्। भाग्ने क्रममा विराटनगर–८ […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो। यसअघि सोमबार पनि सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन […]
काठमाडौँ । शरद् ऋतुमा नेपालका १८ हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा ती आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला छन् । आरोहण अनुमति प्रदान […]
विराटनगर । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विशेषगरी हाइड्रोपावर र टनेल निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे सूचना दिन ढिलाइ नगर्न सरकारसँग माग गरेका हुन् । सांसद राईले भोजपुर र […]