केबलकार निर्माणको विरोधले घटे तीर्थयात्री, फागुनमा पाथीभराको भेटी १३ लाखमात्रै

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँच सय भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले […]

केबलकारको विरोध गर्नेलाई सरकारले पुन बोलायो वार्तामा

काठमाडाैं । ताप्लेजुङको पाथीभरामा तीर्थयात्रीको सहजताका लागि निर्माण सुरु भएको केबलकारको विरोध गरिरहेका समूहलाई सरकारले पुनः वार्ताका लागि आह्वान गरेको छ । गृह मन्त्रालयका वार्ता टोली संयोजक प्रेमप्रसाद भट्टराईले शुक्रबार मुक्कुमलुड ताङ्सेःप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संघर्ष समितिलाई पत्र लेख्दै वार्तामा बस्न बोलाएका हुन् । सहसचिव भट्टराईद्धारा हस्ताक्षरित पत्रमा समस्याको शान्तिपूर्ण समाधान गर्ने सरकार तयार […]

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइकाे स्वागत

इजिप्ट, जोर्डन । हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पिएलओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ बताएको बिहीबारको भनाइलाई सकारात्मक भन्दै यसको स्वागत गरेका छन् । ट्रम्पको टिप्पणीले प्यालेस्टिनी भूमि कब्जा गर्ने र त्यहाँका जनसङ्ख्यालाई छिमेकी देशहरूमा विस्थापित गर्ने उनको व्यापक आलोचना गरिएको प्रस्तावबाट पछि हट्ने सङ्केत गरेको देखिन्छ । […]

प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् । “लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने […]

तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । […]

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौं । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप […]

३० दिन युद्धविराम प्रस्ताव मान्न युक्रेन तयार

काठमाडौै । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न तयार भएको छ । अमेरिका र युक्रेनबीच रुस-युक्रेन युद्ध अन्त्यका विषयमा साउदी अरबको जेद्दामा भएको वार्तामा जमिन, आकाश र समुन्द्रमा एक महिना युद्धविराम गर्न युक्रेनले सहमति जनाएको हो । एक संयुक्त वक्तव्यमा युक्रेनले रुससँग ३० दिनका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको जनाएको […]

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका […]

झापा घटनाका दोषीलाई पक्राउ गरी कारबाही नभए प्रतिवादमा उत्रन्छौं : युवा संघ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले झापामा आफ्नो नेता कार्यकर्तामाथि भएको साङ्घातिक आक्रमणको घटनाको यथार्थ सार्वजनिक गर्न र छानविन समिति बनाई दोषीलाई आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष क्षितिज थेवेले घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्दै दोषीलाई कारबाही नगरे संघ सशक्त प्रतिवादमा उत्रने चेतावनी समेत दिएका छन् […]

युवा संघ झापाका ईन्चार्ज आङ्देम्बेसहित ३ जनामाथि आक्रमण गर्ने एकजना पक्राउ

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिर्तामोडबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङ्ग रहेको झापा प्रहरीले जनाएको छ । खालिङ्गलाई बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । घटनामा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं