झापाकाे मेचीनगरमा जंगली हात्ती मृत फेला

झापा । मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जंगली हात्ती आज बिहान मृत फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए । स्थानीयवासीले धान खेतमा वयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए। हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए […]

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । बाढी, पहिरो र सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा एकतर्फी आवागमन सञ्चालन भइरहेको जनाएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ […]

संखुवासभामा २८० मिलिमिटर वर्षा

विराटनगर । पछिल्लो २४ घण्टामा संखुवासभा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा ठूलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनससार यी क्षेत्रमा अति भारी वर्षासम्म भएको छ । मौसमविद् डेभिड ढकालका अनुसार सबैभन्दा धेरै वर्षा संखुवासभामा मापन भएको छ । ‘टाँसी गाउँ स्नो’ केन्द्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्मको अवधिमा २८० मिलिमिटर वर्षा […]

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । सर्वदलीय बैठक आज (बुधबार) बस्दैछ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि भोटेकोशी बाढीपछि सभापति लामिछनेको आह्वानमा […]

एम्बुलेन्समा १०५ किलो गाँजा, चालक फरार

सिरहा । सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बरामद गाँजाको तौल १०५ किलो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार गएराति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो । सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा प्रहरीलाई […]

मुगु केन्द्र बिन्दु भएर गयाे २ पटक भूकम्प

काठमाडौं । मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प र ४:२८ बजे ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको महसुस गरिएको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला, बालबालिका, लैगिंक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, अपराह्न १:१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । आजको […]

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नयाँ खरिद मूल्य बढेर आए पनि उपभोक्तालाई बिक्री गरिने मूल्य तत्काल नबढाइएको निगमले जनाएको छ। आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२.४० […]

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो । मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी)हिमताललाई विगतदेखि […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं