काठमाडौँ । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशका १६ जिल्लामा जेई सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी झापाका ६ जना छन्। त्यस्तै, सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जनाको मृत्यु […]
मोरङ । विराटनगर महानगरपालिका–७ स्थित भृकुटी चोक नजिक कोशी लोक मार्गबाट २० किलो गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा। ९६ प ४५२५ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलमा दुई वटा कालो […]
विराटनगर । विराटनगरको भृकुटी चोकबाट सशस्त्र प्रहरीले गाँजासहित एक मोटरसाइकल बरामद गरेको छ। चेकजाँचका क्रममा गाँजा बरामद भएपछि मोटरसाइकलसहित एक जना भरियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक भने फरार भएका छन्। बरामद गाँजाको परिमाण तथा प्रकृति खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट […]
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका १३ वटा जोखिमयुक्त मसला जातका रुख कटान गरिएको छ। रुख कटानको विरोध गर्दै विद्यार्थी, स्थानीयवासी तथा वातावरण अभियन्ताहरूले वातावरणीय अध्ययन र पूर्वजानकारीबिना रुख काट्न नहुने माग गर्दै आएका थिए। उनीहरूले रुख कटानअघि वातावरणीय प्रभाव र वैकल्पिक व्यवस्थाबारे अध्ययन गर्नुपर्ने बताएका थिए। यता, नेपाल वन पैदावार उद्योग […]
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ। बुधबार रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकपछि नेकपाका नेता माधवकुमार नेपालले मुख्यतः दुई विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र संसद्भित्र विशेष समिति गठनका लागि […]
काठमाडौं । अमेरिकाको च्याट्सवर्थस्थित सान फर्नान्डो भ्यालीमा मंगलबार राति एनबीसी लस एन्जलसको एउटा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। लस एन्जलसका अग्निनियन्त्रकहरूका अनुसार दुर्घटना मंगलबार साँझ भएको हो। एन। म्यासन एभिन्युको ९१०० ब्लकमा रहेका दुई व्यावसायिक भवनबीच हेलिकप्टर खसेको थियो। हेलिकप्टर दुईवटा सिपिङ कन्टेनर र पार्क गरिएका केही सवारीसाधनमाथि खसेको बताइएको छ। दुर्घटना […]
विराटनगर । मोरङमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब ७ हजार वटा बोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारीका अनुसार राति २ः५० बजे मोरङको सुनवर्षी नगरपालिका–८, हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा चल्ला नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बीओपी […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको […]
काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनमा नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद देखिएका दुई कार्टुन चुरोट फेला परेको हो । नयाँ बजारस्थित स्काई किङ लजिस्टिक प्रालिका सञ्चालक सुवास कुँवरमार्फत ती […]