ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनामा १२ अर्ब ७० करोड लगानी गरिने

ताप्लेजुङ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक […]

कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको बताएका छन् । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले पनि काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए । ‘अब १७–१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा […]

नन्दकिशोर पुन राजनीतिमा आउँदा खुसी लागेको छ : विद्या भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहभागी भएकोमा खुसी लागेको बताएकी छन् । विराटनगर रहेकी पूर्व राष्ट्रपति भण्डारीसँग पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा आफूलाई खुसी लागेको र शुभेच्छा प्रकट गर्ने बताइन् । ‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ। राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर […]

सूचनाको हकको सदुपयोग हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताएका छन् । आज विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने बताए । ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ,’ उनले भने । […]

पाथीभराको झडपमा घाइते भएका ३ जनालाई सेनाले लग्यो काठमाडौं

विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई थप उपचारका लागि आइतबार काठमाडौं लगिएको छ । झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए । तीमध्ये ३ जनालाई थप उपचारका लागि आइतबार बिहान मात्रै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौं पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी […]

ताप्लेजुङको पाथीभरामा झडप, घाइते मध्ये धेरै आन्दोलनकारी जिल्ला बाहिरका

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुँगा र गुलेली प्रहार गरेपछि भएको झडपमा घाइते हुने अधिकांश आन्दोलनकारी ताप्लेजुङ भन्दा बाहिरी जिल्लाका रहेका छन् ।  ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पाथीभरामा केबलकारको विरोधमा भएको आन्दोलनमा ताप्लेजुङ भन्दा बाहिरी जिल्लाका धेरै आन्दोलनकारी आएकाले घटनामा घाईते पनि जिल्ला बाहिरका बढी भएका हुन् ।  प्रहरीलाई […]

ताप्लेजुङमा हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल

ताप्लेजुङ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ । विसं २०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश […]

ताप्लेजुङको पाथीभरा क्षेत्रमा झडप : २१ सुरक्षाकर्मी र ५ आन्दोलकारी घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुंगा र गुलेली प्रहार गरेपछि भएको झडपमा ५ आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन शनिबार दिउँसो अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउनु नै पर्ने अवस्था आइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए । झडपका क्रममा […]

‘नो केबलकार समूह’ले हाने गुलेली, प्रहरीले चलायाे गोली, २ घाइते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ले ढुंगा र गुलेली हान्न थालेपछि प्रहरीले गोली चलाएको छ । शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको […]

ताप्लेजुङमा प्रहरी र पहिचानपक्षबीच झडप, प्रहरीले हान्यो १२ सेल अश्रुग्यास

ताप्लेजुङ । ताप्लेजुङकाे पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा उत्रिएको पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने बाटाेमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो । पाथीभरा जाने केबलकारको निर्माणको काम मंगलबारबाट सुरु भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं