पहिचान पक्षधरलाई काेशी सरकारले वार्तामा बाेलायाे

विराटनगर । पहिचान पक्षरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । शनिबार ताप्लेजुङकाे पाथिभरा क्षेत्रमा भएको घटनालाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो । कोशी प्रदेशमा […]

पाथीभरा घटना : घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्ने, घटना बुझेर वार्ता समिति गठन गर्ने

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको हो । त्यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको सहभागी एक सांसदले जानकारी दिए । […]

प्रविधिसँग शिक्षालाई जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । विद्यार्थीहरूलाई उत्पादनमा जोड्ने अभियानमा विद्यालयहरू लाग्नु पर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । मंगलबार झापाको दमकमा रहेको हिमालय माध्यमिक विद्यालयको ६९ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आइटी र प्रविधिसँग शिक्षालाई जोडेर अघि बढ्नु पर्ने धारणा राखे । उनले दातृ निकाय र प्रदेश सरकारसँग साझेदारीमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने बताए […]

ताप्लेजुङ बन्दको सामान्य प्रभाव, मोर्चाका नेता पक्राउ

ताप्लेजुङ । केबलकारको विरोध गर्दै पहिचानबादी मोर्चाले घोषणा गरेको ताप्लेजुङ बन्दको सामान्य प्रभाव परेको छ । प्रहरीका अनुसार चारपांग्रे सवारी चलेका छैनन । स्कुल, बजार र कलकारखाना खुल्ला छन् । सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते […]

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने सडकमा गाउँपालिकाले तोक्यो चर्को सेवा शुल्क

काठमाडौं । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ । गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ । उदाहरणका लागि ४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा […]

फुङलिङ नगरपालिकाले आन्दोलनरत पक्षलाई सम्झाउँदै भन्यो, ‘वार्ता गर, बन्द होइन’

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले नगर क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने निर्णय यस अघि नै नगर कार्यपालिकाले गरेको भन्दै बन्द फिर्ता लिएर वार्ताबाट समस्या समाधानको बाटो खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । पाथीभरामा निर्माण भइरहेको केबलकारको विषयमा आन्दोलन गरिरहेका समुहलाई मङ्गलबार एक विज्ञप्ति मार्फत जानकारी गराउँदै मेयर मादेनले वार्ताको माध्यमबाट समस्या […]

ताप्लेजुङ घटना : ‘ढुंगा बर्सिएपछि प्रहरीले आत्मरक्षा गरेको हो’

विराटनगर । ताप्लेजुङमा केबुलकार बन्ने र रोक्ने विषयले निम्त्याएको शनिबार साँझको घटनामा प्रहरीले आत्मरक्षामात्रै गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताएका छन् । प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरेको भन्दै प्रदेश सभामा विरोध भएपछि मन्त्री भण्डारीले सरकारको तर्फबाट घटनाको जानकारी गराउँदै घटनास्थलबाट प्रहरीले खुकुरी, लठ्ठी र गुलेली लगायतका घरेलु हातहतियार […]

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव परेकाे हाे ?

तनहुँ । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विक बताउछन्। उनले भने, “दुई/तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयो भयो, […]

१०००० धरौटीमा छुटेलगत्तै आशिका तामाङ फेरि पक्राउ

काठमाडौं । अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १० हजार धरौटीमा रिहा भएकी छन् । उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन् । पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् । काठमाडौँस्थित प्रहरी […]

कोशीको मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार यो विधेयक प्रदेश सभाबाट पास भएपछि स्थानीय तह र प्रदेश सरकारबीच र स्थानीय तहहरुबीचको विभिन्न […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं