‘अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ’

काठमाडाैं – प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन […]

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडाैं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले सर्वदलीय बैठक हो । उहाँ यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ […]

क्यासिनोमा आगलागी हुँदा १२औं तलाबाट हामफालेका बिर्तामोडका निराकर पाण्डेको शव आज नेपाल आइपुग्ने

बिर्तामोड – कम्बोडियामा आगलागीमा परि ज्यान गुमाएका झापा बिर्तामोडका निराकर पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ । कम्बोडियाको पोइपेट सहरमा स्थित ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी झापा बिर्तामोडका पाण्डेको मृत्यु भएको थियो । क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा […]

पार्टीको जिम्मेवारीबाट अलग भएको छुः सभामुख

काठमाडाैं – सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ । नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताउनुभएको हो । विज्ञप्तिमा भनिएको छ, “मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको […]

आधा उखु क्रसिङ भइसकेपछि सरकारले तोक्यो मूल्य, किसानलाई के फाइदा ?

काठमाडौं — नेपालमा वित्तीय खाताको सन्तुलन चुनौतीपूर्ण रहेको अर्थविद्हरूले बताएका छन् । केही महिनायता वित्तीय खाता असन्तुलन रहेकाले त्यसलाई सन्तुलनमा ल्याउनु नै अहिलेको चुनौती भएको उनको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा वित्तीय खाताको सन्तुलन कायम गर्न अहिलेको सरकारले मुख्य […]

प्रदेश १ मा पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने, के हाे याे कार्यक्रम ?

माेरङ- कृषिमा आधारित रहेर प्रदेश १ मा पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ। विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रदेश १ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले कृषि क्षेत्रलाई विकास र गुणस्तरयोग्य बनाउन सबैको पहल आवश्यक हुने बताए। प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश […]

ताप्लेजुङका लागि सानिमा मिडिल तमोर हाइड्रोपावरद्धारा आईपीओ निष्काशन तथा बिक्री खुला, कति कित्ता भर्ने ?

ताप्लेजुङ – सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज (माघ ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ […]

पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्‍याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्‍याइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । फुङ्लिङ नगरपालिका-११ फावाखोलाको डढेलेस्थित मुहानबाट काफ्लेपाटी हुँदै ‘लिफ्टिङ’ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्‍याइएको पाथीभरा क्षेत्र विकास […]

विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

काठमाडाैं – पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । “एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, […]

पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरा – पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा